Wednesday, September 9, 2020

पोखरीमा डुबेर सर्लाहीको फेन्हारामा एक किशोरीको मृत्यु ।


सर्लाही ,भदौ २४ 

     सर्लाहीको विष्णु गाउँपालिका-५ फेन्हारा गाउँमा  पोखरीमा डुबेर  एक किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विष्णु गाउँपालिका-५ फेन्हारा बस्ने टोल बस्ने राम विशाल पंडितकी १५ वर्षिया छोरी गायत्री पंडित रहेकी छिन ।

      आज(बुधबार)बिहान साढे १० बजे आफ्नी आमा सँगै घरदेखि ५०० मिटर पुर्वमा रहेको  पोखरीमा नुहाउने क्रममा डुबेर सिकस्ति भएकी किशोरीलाई प्रहरी र स्थनीयवासीले उद्धार गरी उपचारका लागि  स्वास्थ्य चौकी सिमरामा पुर्‍याएका थिए ।निजको उपचारको क्रममै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी निरिक्षक राजु प्रसाद कुर्मीले जनाएको छ । घटना स्थलको मुचुल्का उठाइ मृतक पंडितको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरी प्रवक्ता प्रनी कुर्मीले जानकारी दिनुभयो ।

     आज(बुधबार) तराई मधेसका महिलाहरुले मनाउने जितिया पर्व रहेको र सोही पर्वको लागि नुहाउन भनी आमाछोरी पोखरीमा गएको  स्थानीयबासी एवं जिल्ला समन्वय समिति सर्लाहीका सदस्य विद्यानन्द पंडितले लोकतन्त्रलाई बताए ।



No comments:

Post a Comment