Tuesday, September 8, 2020

सर्लाहीमा थप एकजनाए कोरोना संक्रमितको मृत्यु /मृतकको शव नेपाली सेनाद्वारा व्यवस्थापन



लोकतन्त्र समाचारदाता----
सर्लाही ,भदौ २२
     सर्लाहीमा थप एकजना पुरुषको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ ।जिल्लाको चक्रघट्टा गाउँपालिका वडा न- ३  सुन्दरपुर निवासी संतोष साहको कोरोनाको मृत्युु भएको स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।सर्लाहीमा कोरोना संक्रमित शवको प्रथम पटक नेपाली सेनाले व्यवस्थापन गरेको छ ।
      सुन्दरपुरदेखि पश्चिम लखन्देही खोला किनारमा नेपाल सरकारले तोकेको प्रोटोकल अनुसार आइतवार साँझ सवा ७ बजे कोरोना संक्रमितको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । शव व्यवस्थापन स्थलमा जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, नेपाली सेना रणशेर गणका गणपति प्रमुख सेनानी सुरज राउत, नेपाल प्रहरीका उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक दिलिप सिंह लगायतको उपस्थिती रहेको थियो । रणशेर गणका सेनानी ऋषिकेश न्यौपानेको कमाण्डमा रणशेर गणको सुरक्षा टोली र डेडबडी म्यानेजमेण्ट टोलीको उपस्थितीमा कोरोना संक्रमितको शव व्यवस्थापन गरिएको प्रजिअ पौडेलले  जानकारी दिए ।


No comments:

Post a Comment