Wednesday, September 9, 2020

सर्लाहीको हरिवनमा झुन्डिएर एक युवकको मृत्यु

 


  
सर्लाही ,भदौ २४/
    सर्लाहीको हरिवनमा  बुधबार बिहान  झुन्डिएर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हरिवन नगरपालिका वडा न-११ बस्ने रेख बहादुर बम्जनका छोरा २२ वर्षीय बिक्रम हेम्जन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
     युवकले ११ बजेको समयमा सुर्ती विकास नजिकै आफ्नै कच्चीघरको बलोमा नाइलनको डोरीको पासो लगाएर झुन्डिएकोे जिप्रका सर्लाहीले बताएको छ ।
    मृतक हेम्जनको शव पोस्टमार्टमका  लागि जिल्ला अस्पताल मलंगवामा लगिएको छ ।घटनाको कारण नखुलेको र यश विषयमा प्रहरीले  थप अनुसन्धान सुरु गरिसकेको जिप्रकाले बताएको छ ।

No comments:

Post a Comment