Wednesday, September 9, 2020

सर्लाहीमा सोमबार दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ५ जना घाइते भएका छन् ।

 



लोकतन्त्र समाचारदाता-----

सर्लाही ,भदौ २४

    सर्लाहीमा सोमबार दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ५ जना घाइते भएका छन् ।

     नयाँरोडबाट   बरहथवा तर्फ आउँदै गरेको  ना ३२ प ७६२८ नम्बरको मोटरसाइकलले बरहथवा -९ स्थित कुशुम चौकमा पैदल यात्री सोही ठाउँका किसन बहादुर गोलेकी ९ वर्षिया छोरी आरुसी गोलेलाई ठक्कर दिएको छ । सोही दुर्घटनामा मोटरसाइकल  चालक बरहथवा-५ बस्ने मनोज कुमार साहको छोरा वर्ष १८ का  सुभम साह समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

    त्यस्तै मंगलबार अपराह्न साढे ४ बजेको समयमा लालबन्दी नगरपालका वडा न-१७ रानिगंज स्थित पुर्व पश्चिम लोकमार्गमा  पुर्वबाट पश्चिम तर्फ आईरहेको ज १ स ९९६ नम्बरको अटो आफै अनियन्त्रित भई पल्टिँदा  ३ जना मानिसहरु घाईते भएका छन् ।दुर्घटनामा परि घाइते हुनेहरुमा  ईश्वरपुर नगरपालिका वडा न-१४ श्रीनगर बस्ने वर्ष ४२ को रामबाबु महतो, महोत्तरी जिल्ला  सोनमा गाउँपालिका वडा न-६ मगरथाना बस्ने वर्ष ७० का  इजरायल मनसुर र  वर्ष १६ का अलाउद्दिन मन्सुर रहेका छन् । 

    दुर्घटनामा संलग्न सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइते सबैको स्थानीय निजी अस्पतालमा उपचार भइरहेको जिप्रका सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी निरिक्षक राजु प्रसाद कुर्मीले जानकारी दिएको छ ।



No comments:

Post a Comment