Wednesday, September 9, 2020

ठूलो मात्रामा अवैध घरेलु मदिरा नष्ट


ठूलो मात्रामा अवैध घरेलु मदिरा नष्ट


लोकतन्त्र समाचारदाता----
सर्लाही ,भदौ २४
      प्रहरीले सर्लाहीको दक्षिण–पश्चिम भेगका विभिन्न गाउँ स्थित एकान्त ठाउँमा लुकिछिपी अवैध रुपमा संचालित भट्टी पसलहरुबाट ३ हजार १ सय ८० लिटर अवैध घरेलु मदिरा बरामद गरि नष्ट गर्नुका साथै मदिरा बनाउन प्रयोग हुने सामानहरु नियन्त्रणमा लिएको छ ।
    ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक (डीएसपी) उद्धव सिंह भाटको कमाण्डमा खटिएका प्रहरी टोलीले जिल्लाको बरहथवा नगरपालिका वडा न-८ टाँडी र गोडैता नगरपालिका वडा न-५ रामबनबाट अवैध मदिरा तथा सरसामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । जिप्रका सर्लाहीका अनुसार बरहथवा नपा–८ टाँडीका कैलाश साहको मदिरा सहित ठुलो ड्रम ८ वटा ,ग्यालिन २१ वटा तथा गोडैता नपा–५ रामवन निवासी अरबिन्द्र साहको पनि मदिरा सहित ठुलो ड्रम ५ वटा र ८ वटा सानो ग्यालिन बरामद गरीएको छ ।
    प्रहरीले समय–समयमा अवैध रुपमा  लुकिछिपी संचालन भइरहेका  घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरु भत्काउने गरेपनि त्यसको उत्पादन भने रोकिएको छैन् ।नेपाल -भारत  सिमावर्ती गाउँमा संचालित भट्टी पसलमा   मदिरा पिउन भारतीयहरु लुकिछिपी  आउने गरेको  स्थानीयहरुले बताएका छन् ।

No comments:

Post a Comment