Wednesday, September 9, 2020

अवैध घरेलु मदिरा नष्ट


 


सर्लाही ,भदौ २४/
     प्रहरीले सर्लाहीको बरहथवाबाट ४ हजार २ सय ८०  लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ।
      इलाका  प्रहरी कार्यालय बरहथवाबाट डिएसपी उद्धव सिंह भाटको कमाण्डमा खटिएको प्रहरी टोलीले बरहथवा न.पा वडा न-१ हजरियामा स्थानीय राजन परियार,सुरेश सहनी, किरण गुरुङ र मोहन लामाको घरबाट उक्त परिमाणको अवैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको हो ।ती चारैजना स्थानीयबासीको घरमा चेकजाँच गर्ने क्रममा तयारी अवस्थामा रहेको घरेलु मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
   चेकजाँचको क्रममा बरामद भएका घरेलु मदिरा बनाउन प्रयोग हुने सामानहरु नियन्त्रणमा लिएर इप्रका बरहथवामा राखेको प्रहरीले जानकारी दिए ।

No comments:

Post a Comment