Friday, April 7, 2023
रामचन्द्र महतो कुशवाहा द्वारा लिखित बज्जिका भाषाको "सौर्न्दर्यमे सुगन्ध-२०७९"गद्य संग्रहको लोकार्पण
रामचन्द्र महतो कुशवाहा द्वारा लिखित बज्जिका भाषाको "सौर्न्दर्यमे सुगन्ध-२०७९"गद्य संग्रहको लोकार्पण
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा शुक्रवार एक समारोहबीच बज्जिका भाषाका साहित्यकार रामचन्द्र महतो कुशवाहा द्वारा लिखित "सौर्न्दर्यमे सुगन्ध-२०७९"गद्य संग्रहको लोकार्पण गरिएको छ। बज्जिका भाषामा लिखित उक्त पुस्तकको जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह र मलंगवा न.पा प्रमुख नागेन्द्र प्रसाद यादवले संयुक्तरूपमा लोकार्पण गरेका हुन।
माइती नेपालको ३१ औं वार्षिकोत्सबमा रक्तदान
माइती नेपालको ३१ औं वार्षिकोत्सबमा रक्तदान
लोकतन्त्र समाचारदाता---
सर्लाही,चैत्र २४
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।माइती नेपालको ३१ औं वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।
प्रादेशिक अस्पताल मलंगवामा आयोजनामा भएको रक्तदान कार्यक्रममा महिला पुरुष गरी १६ जनाले रक्तदान गरेको माइती नेपाल सर्लाहीका कार्यक्रम संयोजक अमीत कुमार यादवले जनाएको छ।
विगत ३० वर्ष देखि महिला तथा बालबालिकाहरुको हक र अधिकार स्थापनाको लागि क्रियाशिल रहँदै आएको यस संस्थाले देशको विभिन्न सिमानाहरुमा १७ वटा सीमा निगरानी तथा आवधिक गृह, २ वटा पुर्नस्थापना गृह, ३ वटा रोकथाम गृह, १ वटा बाल संरक्षण गृह, २ वटा हस्पिटल र १ वटा प्राथमिक उपचार केन्द्रहरुको स्थापना तथा सञ्चालन गरेर २१ वटा जिल्लामा प्रत्येक्ष रुपमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको आफ्नो अभियानलाई सशक्त बनाउदै आईरहेको कार्यक्रम संयोजक यादवले जानकारी दिए।
जनताले तिरेको राजश्वमा पालिका र प्रदेश सरकारको मौज
जनताले तिरेको राजश्वमा पालिका र प्रदेश सरकारको मौज
मनोज यादव---
सर्लाही,चैत्र २४
मालपोत कार्यालयबाट संकलन हुने राजस्वमध्ये ४० प्रतिशत प्रदेश र ६० प्रतिशत सम्बन्धित स्थानीय तहलाई जाने गरेको भएपनि सम्बन्धि पालिका र प्रदेश सरकारले कार्यालय व्यवस्थापनलगायतका काममा केही सहयोग नगरेको भुमि सुधार तथा मालपोत कार्यालय मलंगवा,सर्लाहीका कर्मचारी तथा लेखापढी व्यवसायीहरुले गुनासो गरेका छन् ।
लेखक बैण्डिंग ठेली किताब निर्माणका लागि चाहिने रकम समेत सम्बन्धित पालिका र प्रदेशबाट प्राप्त नभएको भुमि सुधार तथा मालपोत कार्यालयका कार्यालय प्रमुख पनिलाल यादवले बताए। सेवाग्राहीले बुझाएको राजश्व वापतको रकम जति सबै सम्बन्धित पालिक र प्रदेश सरकारकोमा जाने गरेका कारण यस कार्यालयसँग सानातिना भौतिक सुधारका कामहरु गर्न समेत बजेटको अभाव रहेको प्रमुख यादवले बताए।
बजेट अभावका कारण कार्यालय परिसर भित्र रहेको शौचालयमा छाना हाल्न, सेवाग्राहीहरुको लागि प्रतिक्षालतको निर्माण गर्न ,लेखापढी व्यवसायीहरुलाई व्यवस्थित गर्न,सवारी पार्किङको व्यवस्थापन लगायतका कामहरु गर्न नसकेको यादवले गुनासो गरे।
जनताले तिरेको राजश्वबाट जनताकै लागि काम गर्नुको साटो पालिका तथा प्रदेश सरकारका पदाधिकारीहरु आफ्नो स्वार्थपुर्तीमा मात्र लागेको एकजना कर्मचारीले बताए ।
Thursday, April 6, 2023
नेपाल शिक्षक संघ सर्लाहीको अध्यक्षमा कांग्रेस संस्थापन पक्षको प्रवीण कुमार पासवान विजयी
नेपाल शिक्षक संघ सर्लाहीको अध्यक्षमा कांग्रेस संस्थापन पक्षको प्रवीण कुमार पासवान विजयी
लोकतन्त्र समाचारदाता---
सर्लाही,चैत्र २३
नेपाली काँग्रेसको भातृ संगठन नेपाल शिक्षक संघ सर्लाहीको नवौं जिल्ला अधिवेशनबाट संस्थापन पक्षका प्रवीणकुमार पासवान ७८१ मत प्राप्त गर्दै विजयी भएका छन् ।उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेस संस्थापन इतर पक्षका उम्मेदवार गणेश प्रसाद उप्रेतीले ५४६ मत प्राप्त गरेका छन् ।
बिहिवार हरिपुरमा सम्पन्न अन्तिम मतगणनाको परिणाम अनुसार पासवान नेतृत्वको प्यानल नै विजयी भएका छन् ।एक जना प्रदेश प्रतितिधिमा मात्रै संस्थापन इतरका उम्मेदवार सरोज कुमार सिंह विजयी भएका छन् ।
शिक्षक संघको उपाध्यक्षमा अवधेश कुमार राय,महिला उपाध्यक्षमा उषा कुमारी, सचिवमा राम शरण राय, सचिव (अर्थ) मा नारायण महतो विजयी भएका छन् ।यसैगरी सहसचिव खुलामा राजु थापा,महिला सहसचिवमा रिंकु कुमारी पाण्डे, सहसचिव (समावेशी) मा गर्भु महतो र वीरेन्द्र झा विजयी भएका छन् ।
यसैगरी संघको खुला सदस्यहरुमा युक्ति राम, चन्द्रशेखर मिश्र, रामईश्वर महतो र रामेश्वर प्रसाद कुशवाहा विजयी भएका छन् । प्रदेश महिला प्रतिनिधिमा ललिता कुमारी शर्मा र मनोरमा सिंह विजयी भएका छन् ।प्रदेश प्रतिनिधि खुलामा राम प्रसाद दाहाल, नवराज थापा र मुकेश कुमार ठाकुर विजयी भएका छन् ।
त्यसैगरी संघीय महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित लक्ष्मी बानियाँ र रमा कुमारी भट्टराई विजयी भएका छन् भने संघीय महाधिवेशन प्रतिनिधि खुलामा मनोज कुमार शर्मा, शिव कुमार महतोले र माधव प्रसाद दाहाल विजयी भएका छन् ।
शिक्षक संघको नयाँ नेतृत्व चयन गर्नका लागि बुधबार हरिपुर स्थित महावीर जनता बहुमुखी क्याम्पसमा मतदान कार्य भएको थियो ।उक्त मतदानमा शिक्षक संघमा आवद्ध १६ सय १२ शिक्षकहरु मध्ये १३ सय ७५ जनाले मतदान गरेको संघले जनाएको छ।
खेलकुदको विकासमा स्थानीय तहको भूमिका सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
खेलकुदको विकासमा स्थानीय तहको भूमिका सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
लोकतन्त्र समाचारदाता---
सर्लाही,चैत्र २३
सर्लाहीको सदरमुकाम मलंगवामा खेलकुदको विकासमा स्थानीय तहको भूमिका सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहिवार विश्व खेलकुद दिवसको अवसर पारेर जुनियर जेसिज मलंगवाले रोयल कप सर्लाही सँग समन्वय गरी कार्यक्रम सम्पन्न गरेको हो ।
"प्रत्येक बच्चाको लागि खेलकुदमा स्थान" भन्ने मुल नाराका साथ विश्वभरि मनाइरहेको यस दिवसको अवसरमा मलंगवामा पनि वडा न-१० स्थित रहेको जिल्ला समन्वय समितिको सभाहलमा जि.स.स प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि स्थानीय स्तरमा खेलाडी र खेलकुदको विकासका लागि स्थानीय तहले के-कस्ता भूमिकाहरु खेल्न सक्छन भन्ने विषयमा छलफल गरिएको जुनियर जेसिज २०२३ का अध्यक्ष मो.असलम मिकरानीले जानकारी दिए।
कार्यक्रममा मानवअधिकारकर्मी मुकेश मिश्र, रेडियो वर्षाका अध्यक्ष कृष्णा सिंह,रोयल कपका कार्यक्रम संयोजक अजित प्रसाद साह लगायतका अतिथिहरुले आआफ्नो विचारहरु राख्दै दक्ष खेलाडी उत्पादन गर्नका लागि आवश्यक पर्ने तालिमहरुको व्यवस्था पालिकाले गर्नुपर्नेमा जोड दिएका थिए।
राजश्री सेविंङग्स एण्ड क्रेडिट को-आपरेटिभ सोसाइटी लिमिटेड मलंगवा द्वारा प्रायोजित उक्त कार्यक्रममा जुनियर जेसिज र रोयल कपका सदस्यहरुसहित विभिन्न क्षेत्र सँग आबद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो।
जुवा तास खेल्ने ४ जना लालबन्दीबाट पक्राउ
जुवा तास खेल्ने ४ जना लालबन्दीबाट पक्राउ
लोकतन्त्र समाचारदाता---
सर्लाही,चैत्र २३
सर्लाहीको लालबन्दी नगरपालिका-१७ स्थित डाँडा टोलबाट जुवा तास खेल्ने ४ जना व्यक्तिलाई पैसासहित प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा लालबन्दी न.पा-१७ बस्ने वर्ष ६० को बेचु बम्जन,सोही ठाउँ बस्ने वर्ष ३५ को मान बहादुर योन्जन,सोही न.प वडा न-७ बस्ने वर्ष ४९ को राम बहादुर गोले र इश्वरपुर न.पा -५ बस्ने वर्ष ४६ को श्यामलाल तामाङ रहेका छन् ।
उनीहरूलाई डाँडा टोल नजिक रहेको आँपको बगैंचामा जुवा तास खेलिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इप्रका लालबन्दीबाट खटिगएको प्रहरी टोलीले ४४ हजार ३ सय ४० रुपैया र १२ बुक ताससहित पक्राउ गरेको हो।
पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
Tuesday, April 4, 2023
नेपाल शिक्षक संघ सर्लाहीको नवौं जिल्ला अधिवेशन सुरु,अध्यक्षका आकांक्षी पासवान र उप्रेती
नेपाल शिक्षक संघ सर्लाहीको नवौं जिल्ला अधिवेशन सुरु,अध्यक्षका आकांक्षी पासवान र उप्रेती
लोकतन्त्र समाचारदाता---
सर्लाही,चैत्र २१
नेपाल शिक्षक संघ सर्लाहीको नवौं जिल्ला अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसको शुभेच्छु संस्था शिक्षक संघको नवौं जिल्ला अधिवेशनको मंगलबार प्रमुख अतिथि ने.शि.स संघीय कार्यसमिति अध्यक्ष राजेन्द्रराज पौडेलले उद्घाटन गरेका हुन्।
हरिपुर स्थित प्रेमलता होटलमा उद्घाटन भएको अधिवेशनले २६ सदस्यीय नयाँ जिल्ला कार्यसमित चयन गर्ने छ । नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको हुने शिक्षक संघले जनाएको छ।यसपटक संघको नेतृत्वको लागि गणेश प्रसाद उप्रेती र प्रविण पासवानले उमेदवारी दिएका छन् ।सक्दो सहमतिमै टुंग्याउने सहमति नभएको खण्डमा भोली बुधबार निर्वाचनमा जाने संघले बताएको छ।
उद्घाटन कार्यक्रममा विशिष्ठ अतिथि नेपाली काँग्रेस जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह,प्रदेश सांसद जंगिलाल राय,प्रदेश सांसद कौशल किशोर राय, प्रदेश सांसद विरेन्द्र सिंह,प्रदेश सांसद सुकुन्ती देवी ,विभिन्न जिल्लाका शिक्षक संघ अध्यक्षहरु,ने.शि.स सर्लाही जिल्ला कार्यसमिति पदाधिकारीहरुलगायत जिल्लाभरीका शिक्षकहरुको उपस्थिति रहेको थियो।
Subscribe to:
Posts (Atom)












