Friday, April 7, 2023

माइती नेपालको ३१ औं वार्षिकोत्सबमा रक्तदान


माइती नेपालको ३१ औं   वार्षिकोत्सबमा रक्तदान



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र २४

       सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।माइती नेपालको ३१ औं वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।

    प्रादेशिक अस्पताल मलंगवामा  आयोजनामा भएको रक्तदान कार्यक्रममा महिला पुरुष गरी १६ जनाले रक्तदान गरेको माइती नेपाल सर्लाहीका कार्यक्रम संयोजक अमीत कुमार यादवले जनाएको छ।

    विगत ३० वर्ष देखि महिला तथा बालबालिकाहरुको हक र अधिकार स्थापनाको लागि क्रियाशिल रहँदै आएको यस संस्थाले देशको विभिन्न सिमानाहरुमा १७ वटा सीमा निगरानी तथा आवधिक गृह, २ वटा पुर्नस्थापना गृह, ३ वटा रोकथाम गृह, १ वटा बाल संरक्षण गृह, २ वटा हस्पिटल र १ वटा प्राथमिक उपचार केन्द्रहरुको  स्थापना तथा सञ्चालन गरेर २१ वटा जिल्लामा प्रत्येक्ष रुपमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको आफ्नो अभियानलाई सशक्त बनाउदै आईरहेको कार्यक्रम संयोजक यादवले जानकारी दिए।


No comments:

Post a Comment