Friday, April 7, 2023

रामचन्द्र महतो कुशवाहा द्वारा लिखित बज्जिका भाषाको "सौर्न्दर्यमे सुगन्ध-२०७९"गद्य संग्रहको लोकार्पण

 


रामचन्द्र महतो कुशवाहा द्वारा लिखित बज्जिका भाषाको "सौर्न्दर्यमे सुगन्ध-२०७९"गद्य संग्रहको लोकार्पण

लोकतन्त्र समाचारदाता----

सर्लाही,चैत्र २५

   सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा शुक्रवार  एक समारोहबीच बज्जिका भाषाका साहित्यकार रामचन्द्र महतो कुशवाहा द्वारा लिखित "सौर्न्दर्यमे सुगन्ध-२०७९"गद्य संग्रहको लोकार्पण गरिएको छ। बज्जिका भाषामा लिखित उक्त पुस्तकको जिल्ला समन्वय समिति  सर्लाहीका प्रमुख कौशल किशोर सिंह र मलंगवा न.पा प्रमुख नागेन्द्र प्रसाद यादवले संयुक्तरूपमा लोकार्पण गरेका हुन।

   सोही अवसरमा बज्जिका भाषा साहित्यको विकास तथा प्रचारप्रसारमा विशेष योगदान पुर्याए वापत  पुस्तकका प्रकाशक भरत महतोलाई  कदर पत्र द्वारा सम्मानित गरिएको थियो।

    जि.स.स सर्लाहीको सभाहलमा सम्पन्न भएको कार्यक्रममा जिसस सर्लाहीका उपप्रमुख जितेन्द्र कुशवाहा, नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी,नागरिक समाज अध्यक्ष उग्रकान्त झा,बज्जिका संयोजक कमलेश्वर सिंह मलंगवा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम लगायतका अतिथिहरुले मन्तव्य राखेका थिए।

   विमोचनको अवसरमा उपस्थित बज्जिका भाषाका कविहरुले कविता वाचन गरेर समारोहलाई साहित्यमय बनाएका थिए।

No comments:

Post a Comment