Friday, April 7, 2023

जनताले तिरेको राजश्वमा पालिका र प्रदेश सरकारको मौज

  

जनताले तिरेको राजश्वमा पालिका र प्रदेश सरकारको मौज


मनोज यादव---

सर्लाही,चैत्र २४

    मालपोत कार्यालयबाट संकलन हुने राजस्वमध्ये ४० प्रतिशत प्रदेश र ६० प्रतिशत सम्बन्धित स्थानीय तहलाई जाने गरेको भएपनि सम्बन्धि पालिका र प्रदेश सरकारले कार्यालय व्यवस्थापनलगायतका काममा केही सहयोग नगरेको भुमि सुधार तथा मालपोत कार्यालय मलंगवा,सर्लाहीका कर्मचारी तथा लेखापढी व्यवसायीहरुले गुनासो गरेका छन् ।

   लेखक बैण्डिंग ठेली किताब निर्माणका लागि चाहिने रकम समेत सम्बन्धित पालिका र प्रदेशबाट प्राप्त नभएको भुमि सुधार तथा मालपोत कार्यालयका कार्यालय  प्रमुख पनिलाल यादवले बताए। सेवाग्राहीले बुझाएको राजश्व वापतको रकम जति सबै सम्बन्धित पालिक र प्रदेश सरकारकोमा जाने गरेका कारण यस कार्यालयसँग सानातिना भौतिक सुधारका कामहरु गर्न समेत बजेटको अभाव रहेको प्रमुख यादवले बताए।

    बजेट अभावका कारण  कार्यालय  परिसर भित्र रहेको शौचालयमा छाना हाल्न, सेवाग्राहीहरुको लागि प्रतिक्षालतको निर्माण गर्न ,लेखापढी व्यवसायीहरुलाई व्यवस्थित गर्न,सवारी पार्किङको व्यवस्थापन  लगायतका कामहरु गर्न नसकेको यादवले गुनासो गरे।

   जनताले तिरेको राजश्वबाट जनताकै लागि काम गर्नुको साटो पालिका तथा प्रदेश सरकारका पदाधिकारीहरु आफ्नो स्वार्थपुर्तीमा मात्र लागेको एकजना कर्मचारीले बताए ।

   



No comments:

Post a Comment