Thursday, April 6, 2023

जुवा तास खेल्ने ४ जना लालबन्दीबाट पक्राउ


जुवा तास खेल्ने ४ जना लालबन्दीबाट पक्राउ


लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र २३

     सर्लाहीको लालबन्दी नगरपालिका-१७ स्थित डाँडा टोलबाट जुवा तास खेल्ने ४ जना व्यक्तिलाई पैसासहित प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा लालबन्दी न.पा-१७ बस्ने वर्ष ६० को बेचु बम्जन,सोही ठाउँ बस्ने वर्ष ३५ को मान बहादुर योन्जन,सोही न.प वडा न-७ बस्ने वर्ष ४९ को राम बहादुर गोले र इश्वरपुर न.पा -५ बस्ने वर्ष ४६ को श्यामलाल तामाङ रहेका छन् ।

   उनीहरूलाई डाँडा टोल नजिक रहेको आँपको बगैंचामा जुवा तास खेलिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इप्रका लालबन्दीबाट खटिगएको प्रहरी टोलीले ४४ हजार ३ सय ४० रुपैया र १२ बुक ताससहित पक्राउ गरेको हो। 

  पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला  प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।



No comments:

Post a Comment