Thursday, April 6, 2023

नेपाल शिक्षक संघ सर्लाहीको अध्यक्षमा कांग्रेस संस्थापन पक्षको प्रवीण कुमार पासवान विजयी

 


नेपाल शिक्षक संघ सर्लाहीको अध्यक्षमा कांग्रेस संस्थापन पक्षको प्रवीण कुमार पासवान विजयी 



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र २३

   नेपाली काँग्रेसको भातृ संगठन नेपाल शिक्षक संघ सर्लाहीको नवौं जिल्ला अधिवेशनबाट संस्थापन पक्षका प्रवीणकुमार पासवान ७८१ मत प्राप्त गर्दै विजयी भएका छन् ।उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेस संस्थापन इतर  पक्षका उम्मेदवार गणेश प्रसाद उप्रेतीले ५४६ मत  प्राप्त गरेका छन् ।

    बिहिवार हरिपुरमा सम्पन्न अन्तिम मतगणनाको परिणाम अनुसार पासवान नेतृत्वको प्यानल नै विजयी भएका छन् ।एक जना प्रदेश प्रतितिधिमा मात्रै संस्थापन इतरका उम्मेदवार सरोज कुमार सिंह विजयी भएका छन् । 

    शिक्षक संघको उपाध्यक्षमा अवधेश कुमार राय,महिला उपाध्यक्षमा उषा कुमारी, सचिवमा राम शरण राय, सचिव (अर्थ) मा नारायण महतो विजयी भएका छन् ।यसैगरी  सहसचिव खुलामा राजु थापा,महिला सहसचिवमा रिंकु कुमारी पाण्डे, सहसचिव (समावेशी) मा गर्भु महतो र वीरेन्द्र झा विजयी भएका छन् ।   

    यसैगरी संघको खुला सदस्यहरुमा युक्ति राम, चन्द्रशेखर मिश्र, रामईश्वर महतो र रामेश्वर प्रसाद कुशवाहा  विजयी भएका छन् । प्रदेश महिला प्रतिनिधिमा ललिता कुमारी शर्मा र मनोरमा सिंह  विजयी भएका छन् ।प्रदेश प्रतिनिधि खुलामा राम प्रसाद दाहाल, नवराज थापा र मुकेश कुमार ठाकुर विजयी भएका छन् । 

    त्यसैगरी संघीय महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित लक्ष्मी बानियाँ  र रमा कुमारी भट्टराई विजयी भएका छन् भने संघीय महाधिवेशन प्रतिनिधि खुलामा मनोज कुमार शर्मा, शिव कुमार महतोले र माधव प्रसाद दाहाल विजयी भएका छन् । 

   शिक्षक संघको नयाँ नेतृत्व चयन गर्नका लागि  बुधबार हरिपुर स्थित महावीर जनता बहुमुखी क्याम्पसमा  मतदान कार्य भएको थियो ।उक्त मतदानमा शिक्षक संघमा आवद्ध १६ सय १२ शिक्षकहरु मध्ये १३ सय ७५ जनाले मतदान गरेको संघले जनाएको छ।

No comments:

Post a Comment