Thursday, April 6, 2023

खेलकुदको विकासमा स्थानीय तहको भूमिका सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

       

 खेलकुदको विकासमा स्थानीय तहको भूमिका सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र २३

    सर्लाहीको सदरमुकाम  मलंगवामा खेलकुदको विकासमा स्थानीय तहको भूमिका सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहिवार विश्व खेलकुद दिवसको अवसर पारेर जुनियर जेसिज मलंगवाले रोयल कप सर्लाही सँग समन्वय गरी कार्यक्रम सम्पन्न गरेको हो ।

   "प्रत्येक बच्चाको लागि खेलकुदमा स्थान" भन्ने मुल नाराका साथ विश्वभरि मनाइरहेको यस दिवसको अवसरमा मलंगवामा पनि वडा न-१० स्थित रहेको जिल्ला समन्वय समितिको सभाहलमा जि.स.स प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि स्थानीय स्तरमा  खेलाडी र खेलकुदको विकासका लागि स्थानीय तहले के-कस्ता भूमिकाहरु खेल्न सक्छन भन्ने विषयमा छलफल गरिएको जुनियर जेसिज २०२३ का अध्यक्ष मो.असलम मिकरानीले जानकारी दिए।

    कार्यक्रममा मानवअधिकारकर्मी मुकेश मिश्र, रेडियो वर्षाका अध्यक्ष कृष्णा सिंह,रोयल कपका कार्यक्रम संयोजक अजित प्रसाद साह लगायतका अतिथिहरुले आआफ्नो विचारहरु राख्दै दक्ष खेलाडी उत्पादन गर्नका लागि आवश्यक पर्ने तालिमहरुको व्यवस्था पालिकाले गर्नुपर्नेमा जोड दिएका थिए। 

    राजश्री सेविंङग्स एण्ड क्रेडिट को-आपरेटिभ सोसाइटी लिमिटेड मलंगवा द्वारा प्रायोजित उक्त कार्यक्रममा जुनियर जेसिज र रोयल कपका सदस्यहरुसहित विभिन्न क्षेत्र सँग आबद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो।

No comments:

Post a Comment