Tuesday, April 4, 2023

नेपाल शिक्षक संघ सर्लाहीको नवौं जिल्ला अधिवेशन सुरु,अध्यक्षका आकांक्षी पासवान र उप्रेती


नेपाल शिक्षक संघ सर्लाहीको नवौं जिल्ला अधिवेशन सुरु,अध्यक्षका आकांक्षी पासवान र उप्रेती

लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र २१

    नेपाल शिक्षक संघ सर्लाहीको नवौं जिल्ला अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसको शुभेच्छु संस्था शिक्षक संघको नवौं  जिल्ला अधिवेशनको मंगलबार प्रमुख अतिथि ने.शि.स संघीय कार्यसमिति अध्यक्ष राजेन्द्रराज पौडेलले उद्घाटन गरेका हुन्।

    हरिपुर स्थित प्रेमलता होटलमा उद्घाटन भएको अधिवेशनले २६ सदस्यीय नयाँ जिल्ला कार्यसमित चयन गर्ने छ । नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको हुने शिक्षक संघले जनाएको छ।यसपटक संघको नेतृत्वको लागि गणेश प्रसाद उप्रेती र प्रविण पासवानले उमेदवारी दिएका छन् ।सक्दो सहमतिमै टुंग्याउने सहमति नभएको खण्डमा भोली बुधबार निर्वाचनमा जाने संघले बताएको छ।

  उद्घाटन कार्यक्रममा विशिष्ठ अतिथि नेपाली काँग्रेस जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह,प्रदेश सांसद जंगिलाल राय,प्रदेश सांसद कौशल किशोर राय, प्रदेश सांसद विरेन्द्र सिंह,प्रदेश सांसद सुकुन्ती देवी ,विभिन्न जिल्लाका शिक्षक संघ अध्यक्षहरु,ने.शि.स सर्लाही जिल्ला कार्यसमिति पदाधिकारीहरुलगायत जिल्लाभरीका शिक्षकहरुको उपस्थिति रहेको थियो।

No comments:

Post a Comment