Sunday, October 1, 2023

सर्लाहीमा मिटर ब्याज सम्बन्धि ५ लाख भन्दा कम रकमको निवेदन इलाका प्रहरी र इलाका प्रशासन कार्यालयले हेर्ने

 सर्लाहीमा मिटर ब्याज सम्बन्धि ५ लाख भन्दा कम रकमको निवेदन  इलाका प्रहरी र इलाका प्रशासन कार्यालयले हेर्ने 






लोकतन्त्र समाचारदाता----
सर्लाही,असोज १४

    सर्लाहीमा मिटर ब्याज अर्थात अनुचित लेनदेन सम्बन्धि ५ लाख भन्दा कम रकमको निवेदन  अबदेखि इलाका प्रहरी कार्यालयले हेर्ने भएको छ। यसका लागि अनुचित लेनदेन समन्वय सहजीकरण समिति सर्लाहीले मिटर ब्याजी बिरुद्ध परेका ५ लाख भन्दा कम रकमको निवेदनहरु फर्छ्यौटका लागि सम्बन्धित इलाका प्रहरी र इलाका प्रशासन कार्यालयहरुमा पठाउने निर्णय गरेको छ।

     अनुचित लेनदेन समन्वय सहजीकरण समितिले निवेदकले सुरुमा लिएको ५ लाख वा सो भन्दा कम रकमको निवेदन माथि छलफल गरि फर्छ्यौट गराउनका लागि सम्बन्धित इप्रकामा पठाउने  निर्णय गरेको हो।

   समितिको निर्णय बमोजिम जिल्लाको  बरहथवा,गडहिया,हरिपुर,लालबन्दी र केशरगंज इप्रकामा ३०-३० वटा निवेदनका फाइलहरु पठाइएको छ भने इप्रका चक्रघट्टामा १५ वटा र इप्रका हरिवनमा १२ वटा फाइलहरु पठाइएको छ । इलाका प्रशासन कार्यालय बरहथवामा समेत २७ वटा गरि जम्मा २०४ वटा निवेदनका फाइलहरु पठाइ सकेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जनाएको छ।दुवै पक्ष बिच छलफल गराइ निवेदन फर्छ्यौट गराउन सबै कार्यालयहरुमा फोकल पर्सन समेत तोकिएको छ। 

    यसअघि गाउँघरमै स्थानीय भरभलादमी तथा जनप्रतिनिधिहरुको रोहवरमा दुवै पक्ष बिच सहमती भई सहमती कार्यान्वयन समेत भइसकेका वा लेनदेन कारोबारको निरन्तरता नरहेको निवेदनलाई मिटर व्याज कारोबार अन्तर्गत नहेर्ने सहजीकरण समितिले निर्णय गरेको छ।   

No comments:

Post a Comment