सर्लाहीका सीडीओ इन्द्रदेव यादवको सरुवा
लोकतन्त्र समाचारदाता---
सर्लाही,असोज २५
गृह मन्त्रालयले सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवको सरुवा गरेको छ । प्रजिअ यादवलाई जिल्ला प्रशासन कार्यालय इलाममा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले उहाँको ठाउँमा जिल्ला प्रशासन कार्यालय दोलखाका सिडिओ कोमलप्रसाद धमाललाई पठाएको जिप्रका सर्लाहीले जनाएको छ।
No comments:
Post a Comment