Sunday, October 1, 2023

नेपाल कृषी क्षेत्रमा आत्मनिर्भर बन्नु पर्छ- अर्थ मन्त्री डा. महत

 नेपाल कृषी क्षेत्रमा आत्मनिर्भर बन्नु पर्छ- अर्थ मन्त्री डा. महत  


 लोकतन्त्र समाचारदाता---        सर्लाही,१४ असोज 

     नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेपाल सरकारका संघीय अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल कृषी क्षेत्रमा आत्मनिर्भर बन्नु पर्ने बताउनु भएको छ । सर्लाहीको लालबन्दी नगरपालिकामा नेपाल प्रेस युनियन सर्लाही शाखाको आयोजनामा गरिएको पत्रकार भेटघाट कार्यक्रममा उहाले देशको अर्थतन्त्र बलियो बनाउन कृषि क्षेत्रको अग्रणी भुमिका हुने भएको हुदाँ कृषि क्षेत्रमा आत्मनिर्भर बन्नुपर्ने अर्थमन्त्री महतले भन्नुभयो ।

 नेपाल सरकारले कृषिमा नेपाललाई आत्मनिर्भर बनाउन विभिन्न किसिमको अनुदान समेत दिने मन्त्री महतले बताउनु भयो । अनुदानको लागि सम्बन्धित मन्त्रालयले आवश्यक कार्यहरु समेत गरिरहेको हुदाँ नेपाल कृषि क्षेत्रमा आत्मनिर्भर बन्ने मन्त्री महतले बताउनु भयो । कृषि क्षेत्रमा आत्मनिर्भर बने, देशको अर्थतन्त्र विकास हुने अर्थमन्त्री महतको भनाई थियाे । कृषी र पर्यटन व्यवसाय अब छिट्टै फन्को हान्ने समेत मन्त्री महतले दाबी गर्नुभयो । 


    यसैगरी अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेकाले उद्योगी–व्यवसायीलाई निराश नहुन समेत आग्रह गर्नुभएको छ । अर्थतन्त्रमा दबाब अवश्य थियो तर पछिल्लो समय त्यसमा सुधार हुँदैछ । विप्रेषण प्रवाह, पर्यटकीय गतिविधिमा बढोत्तरी, बजेट अनुशासन कायम गरी अगाडि बढ्ने सरकारको नीतिका कारण विस्तारै सुधार हुँदैछ”, अर्थमन्त्री डा. महतले भन्नुभयो, ।

 आर्थिक क्रियाकलाप बढाउन सरकारको मौद्रिक नीति र बजेट अनुशासनले पनि काम गरिरहेको छ । त्यसबाट परिणाम आउन केही समय लागे पनि निराशाको अवस्थालाई आशामा बदल्न सरकार प्रयत्नशील छ । राजस्व वा आम्दानी बढ्न नसकेकाले यस्तो समस्या भएको हो । अब सबै पक्षले सकारात्मक पहल गरेमा यो अवस्थालाई सुधार्न मन्त्री महतको भनाइ थियो ।

 
     मन्त्री महतले कुनै पनि दललाई सरकार बनाउन एकल बहुमत नभएको हुदाँ बिभिन्न दल सम्मिलित सरकार बनेको हुदाँ विकासमा एकरुपता नभएको बताउनुभयो ।

No comments:

Post a Comment