Thursday, October 5, 2023

सर-म्याडमहरु आफ्नो छोराछोरी बोर्डिङ स्कुलमा पढाउनु हुन्छ,तर आन्दोलनको नाममा हाम्रो पढाइ बिगारी रहनु भएको छ:विद्यार्थीहरुको गुनासो

  सर-म्याडमहरु आफ्नो छोराछोरी बोर्डिङ स्कुलमा पढाउनु हुन्छ,तर आन्दोलनको नाममा हाम्रो पढाइ बिगारी रहनु भएको छ:विद्यार्थीहरुको गुनासो  

मनोज यादव---


सर्लाही,असोज १८

   सरकारसँग आफ्ना मागहरु सम्बोधन गराउन सडक आन्दोलन गर्न काठमाडौ गएका शिक्षकहरु आ-आफ्नो जिल्ला फर्किसकेका छन् ।उनीहरू सम्बन्धित विद्यालयमा हाजिर पनि भएका छन् । तर पढाउन भने सुरु गरेका छैनन् । जसले गर्दा विद्यार्थीहरुको पठनपाठन प्रभावित बनेको छ। 
     विद्यालय शिक्षा विधेयकको विरोधमा  शिक्षकहरूको आन्दोलनका कारण देशभरका ५  लाख भन्दा बढी बालबालिकाको पठनपाठन प्रभावित भएको छ ।सर्लाहीबाट पनि सयौं शिक्षकहरु   सामुदायिक विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका थिए। उनीहरुको आन्दोलनका कारण सामुदायिक विद्यालयमा पढ्ने सर्लाहीका हजारौं विद्यार्थीहरुको पढाई प्रभावित भएको थियो।

   आन्दोन गर्नका लागि काठमाडौ गएका सर्लाहीका शिक्षकहरु आआफ्नो विद्यालयमा फर्किसकेको भएपनि पठनपाठन सुरु गरेका छैनन् ।उनीहरू विद्यालय त गइरहेका छन् ,तर पढाउनको लागि कक्षाकोठामा पसिरहेका छैनन् । बिहान १० बजेदेखि छुट्टी नहुन्जेलसम्म दिनभरी कार्यालयको कोठा र चौरमा बसेर आफ्ना माग  र राजनीतिक विषयमा गफगाफ गरेर समय बिताउने गरेका छन् ।

     मलंगवा नगरपालिकामा  रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय किन नगएको भनि प्रश्न गर्दा "सरहरु पढाउनु हुन्न दिनभरी अफिस र चौरमा बसेर खै के-के कुराकानी गरेर बस्नुहुन्छ त्यसैले हामी विद्यालय नगइ घरमै बसेर पढाइ गरिरहेका छौं ", बताए। सरहरुको छोराछोरी त बोर्डिङ स्कुलमा पढ्छन् ।उहाँहरुको छोराछोरीले त राम्ररीनै पढाइ गरिरहेका होलान् तर हामीहरु जस्ता गरिबका छोराछोरीको त पढाइ बिग्रिरहेको छ,उनिहरुले गुनासो गरे। सामुदायिक विद्यालयका शिक्षकहरु परिक्षाको मुखमै आएर आन्दोलनको नाममा  पठनपाठन अवरुद्ध गरेर  विद्यार्थीहरुको भविष्यनै धरापमा पारेको अभिभावकहरुले गुनासो गरेका छन् ।आफ्नो अधिकारको लागि लड्नु राम्रो भएपनि आफुलेनै पढाउँदै आएको विद्यार्थीहरुको भविष्य बिगार्नु पनि नराम्रो भएको अभिभावकहरुको भनाई छ।

   अहिले मलंगवा नगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको पठनपाठन बन्द गरेका छन्। जसले गर्दा विद्यार्थीहरु घरमै बस्न बाध्य भएका छन् ।
   यस तर्फ नगरपालिकाको तुरुन्त ध्यान जान जरुरी छ।

No comments:

Post a Comment