Sunday, October 1, 2023

मलंगवामा राती लगाउँदै आएको कर्फ्यु हटाइयो,१८ गते उपप्रधान एवं गृहमन्त्रीको उपस्थितिमा बृहत सद्भाव र्याली निकालिने

 मलंगवामा राती लगाउँदै आएको कर्फ्यु हटाइयो,१८ गते उपप्रधान एवं गृहमन्त्रीको उपस्थितिमा बृहत सद्भाव र्याली निकालिने



लोकतन्त्र समाचारदाता---
सर्लाही,असोज १४
   सर्लाहीको सदरमुकाम  मलगंवामा मूर्ति सेलाउने क्रममा दुई समुदायबीच भएको झडप पश्चात लगाइएको कर्फ्यु आजबाट पुर्णरुपमा हटाइएको छ।
   आज(आइतवार) दिउँसो प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा जिल्ला स्थित प्रदेश सभा सदस्य ,स्थानीय तहका प्रमुख,जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रतिनिधि ,नागरिक समाज,मानवअधिकारकर्मी तथा पत्रकारहरु लगायतको उपस्थितिमा बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयबाट गत असोज ८ गतेबाट अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मको लागि राती ८ बजेदेखि बिहान ४ बजेसम्मको लागि लगाइएको कर्फ्यु हटाइएको हो। शान्ति सुरक्षाको अवस्था सामान्य रहेकोले सर्वसम्मतिले राती लगाउँदै आएको कर्फ्यु पुर्णरुपमा हटाइएको प्रजिअ यादवले जानकारी दिए।

   जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकले असोज १८ गते उपप्रधान एवं गृहमन्त्री समेतको उपस्थितिमा सर्वपक्षीय ,सर्वदलीय वृहत सद्भाव र्याली निकाल्ने समेत निर्णय गरेको छ।
   यसैगरी कृष्ण जन्माष्टमी पुजाको मुर्ती विसर्जनको क्रमदेखी गणेश पुजाको मुर्ती विसर्जनसम्म भएका घटनामा ढुंगामुढा एवं छुरा प्रहार लगायतबाट भएका भौतिक तथा घाइते भएको मानवीय क्षति समेतको सम्बन्धमा सत्यतथ्य छानबिन गरि दोषी माथि कारबाही र पुगेको क्षतिको मुल्यांकन एवं अनुसंधान यथासिघ्र जिल्ला प्रहरी कार्यालयबाट सम्पन्न गर्ने निर्णय गरिएको छ।


No comments:

Post a Comment