Sunday, October 1, 2023

स्वादिष्ट परिकार बेच्दै जनज्योति बहुमुखी क्याम्पस लालबन्दीका विद्यार्थी

स्वादिष्ट परिकार बेच्दै जनज्योति बहुमुखी क्याम्पस लालबन्दीका विद्यार्थी -अजिता चौधरी ---


सर्लाही,१४ असोज 
     सर्लाहीको लालबन्दी नगरपालिकामा रहेको जनज्योति बहुमुखी क्याम्पसमा फुड फेस्टिबलको आयोजना गरिएको छ । बि.बि.एस. चौथो वर्ष व्यवस्थापन संकायमा अध्यनरत छात्र छात्राहरुको आयोजनामा उद्यमशिलतालाई प्रवद्र्धन गर्न फुड फेस्टिबलको आयोजना  गरिएको हो ।
   यस महोत्सवमा यहाँ अध्यनरत विद्यार्थीहरुले घोँगी, चाउमिन, मःम, चना, अण्डा, आलु चप, लगायत विविभिन्न परिकारहरु बनाई सुपथ मुल्यमा बेच्ने गरेको जनज्योतिका पुर्व विद्यार्थी मनोज बख्रे्रलले जानकारी दिनुभयो । 
खास गरी चौथो सेमेस्टरमा उद्यमशिलता भन्ने विषय छ, छात्र तथा छात्रालाई खासगरी उद्यम गर्न प्रेरित गर्न पनि फुड फेस्टिभल कार्यक्रमको आयोजना गरिएको जनज्योति बहुमुखी क्याम्पसका उपप्रध्यापक देवराज पौडेलले जानकारी दिनुभयो । विद्यार्थीहरु खासगरी सैद्धान्तिक ज्ञानहरु सिकेको थियो र आज विद्यार्थीहरु व्यवहारिक रुपमा प्रयोगात्मक अभ्यास गरेको छ, यसले उद्यमशिलतालाई प्रोत्साहन गरेको उपप्रध्यापक पौडेलले बताउनुभयो ।
विद्यार्थीहरु आफैले विभिन्न परिकार बनाएर कम पुँजीमा आज राम्रो व्यवसाय गरेको छ, यसले बैदेशिक रोजगारीलाई समेत चुनौती दिएको उपप्रध्यापक पौडेलले बताउनुभयो ।
जनज्योति बहुमुखी क्याम्पसका विद्यार्थीहरुले व्यवहारिक ज्ञान हाँसिल गरी भोलिका दिनमा स्वरोजगारीको हुने अवसरकोे रुपमा लिएको र आउने दिनमा यस्ता कार्यक्रमको निरन्तरता हुने समेत क्याम्पस प्रमुख उमेश तिमल्सिनाले बताउनु भयो । उहाँले विद्यार्थीहरु राम्रो सँग उद्यम गरेको बताउनुभयो ।

No comments:

Post a Comment