Sunday, October 8, 2023

RRPK द्वारा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

 RRPK द्वारा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज २१

    राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र(RRPK)ले सर्लाहीको सदरमुकाम मलंगवामा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।संस्थाको नीति, नियम, कार्यक्रम कार्यान्वयन, व्यवहार, स्रोत परिचालन, पारदर्शिता र प्राप्त नतिजाको बारेमा सेवाग्राही तथा सरोकारवालाहरुलाई जानकारी गराइ लेखाजोखा र मुल्यांकन गरि सुझाव संकलन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका कार्यक्रम निर्देशक शिवजी साहले जानकारी गराएको छ।

    जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता गरेका संस्थाका उपाध्यक्ष बजरंगबली साहले आर्थिक वर्ष २०७९-०८० मा संचालित कार्यक्रमहरुको सामाजिक परिक्षण प्रतिवेदन पेश गर्दै संचालित परियोजनाहरु सो को प्रगति र प्राप्त उपलब्धिहरुको बारेमा जानकारी गराएका थिए।संस्थाले सर्लाही जिल्लाको बलरा ,गोडैता तथा हरिपुर्व नगरपालिका र चन्द्रनगर,ब्रह्मपुरी,कौडेना तथा पर्सा गाउँपालिकामा दातृ संस्थाहरु वर्ड एजुकेसन इन्टरनेसनल नेपाल ,ह्याण्डिक्याप इन्टरनेसनल नेपाल ,सेभ द चिल्ड्रेन , सेसी,वर्ड भिजन इन्टरनेसनलको सहयोग बाट सिकाई,लेगो,अस्थेल,पोशन ,एनआरएन,समुन्नती ,गाल ,कोरल परियोजना संचालन गरेको छ।यस बाहेक संस्थाले आफ्नै आन्तरिक कोष र स्थानीय तहको सहयोगमा निशुल्क एकीकृत स्वास्थ्य शिविर समेत संचालन गरेको उपाध्यक्ष साहले जानकारी गराएका थिए।उनले आ.व २०७९/०८० मा संचालित परियोजना तथा क्रियाकलापहरुबाट १८ वर्ष मुनीका बालबालिका ,दलित,जनजाती,अपाङ्गता भएका ब्यक्ति र यौनिक तथा अल्पसंख्यकहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको  समेत जानकारी गराए।संस्थाले आ.व २०७९/०८० मा जम्मा २३ करोड ६२ लाख ९१ हजार ९ सय ८९ रुपैया खर्च गरेको छ।
   
कार्यक्रममा सहभागी भएका लक्षित तथा लाभान्वित समुहका सदस्य तथा सरोकारवालाहरुले संस्थाले कृषि ,स्वास्थ्य र शिक्षाको क्षेत्रमा संचालन गर्दै आएको परियोजना र कार्यक्रमहरु उपलब्धिमुलक रहेको बताएका छन् । समुहमा आबद्ध भएर कृषि कार्य गर्दै आएका महिला सदस्यहरु आर्थिक कारोबारमा सक्रिय भएको बताएका छन् ।

   यो संस्थाले समावेशी ,न्याय र सम्बृद्ध आत्मनिर्भर समाजको निर्माण गर्ने उदेश्यका साथ वि.स २०६१ सालमा सर्लाहीको सदरमुकाम मलंगवामा स्थापना भइ विभिन्न सरकारी तथा गैरसरकारी दातृ निकायहरुको सहयोग तथा साझेदारीमा समाजमा विद्यमान विभिन्न सामाजिक समस्याहरुको न्युनिकरण तथा शिक्षा,स्वास्थ्य ,जिविकोपार्जन,जलवायु परिवर्तन ,विपद व्यवस्थापन ,बालअधिकार प्रबर्द्धन, लैंगिक समानतता तथा सामाजिक समावेशीकरणको क्षेत्रमा कार्य गर्दै आएको छ।


    मलंगवा स्थित सुजाता होटल एण्ड पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रममा बलरा नगरपालिकाका प्रमुख रामा शंकर प्रसाद कुशवाहा,उपप्रमुख कोशिला देवी,पर्सा गापाकी उपाध्यक्ष नुतन देवी मण्डल ,गोडैता नपा वडा न-१ का वडाअध्यक्ष सोजित महतो,बलरा नपा -१ का वडाअध्यक्ष सुखलाल सहनी,गोडैता नपा का स्वास्थ्य संयोजक प्रमोद पंडित,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवान, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि ,सरोकारवाला लगायत संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो।
    
 

No comments:

Post a Comment