Wednesday, February 1, 2023

मिसावट गरिएको नक्कली मलसहित गोडैताका एक व्यापारी पक्राउ

 


मिसावट गरिएको नक्कली मलसहित गोडैताका एक व्यापारी पक्राउ

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १८

    प्रहरीले सर्लाहीको गोडैताबाट मिसावट गरिएको नक्कली पोटास मलसहित एक व्यापारीलाई पक्राउ गरेको छ।

  जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो २ बजेको समयमा गोडैता नगरपालिका वडा न-७ र ८ स्थित  महालक्ष्मी कृषि सहकारी संस्था लिमिटेड र दास बिज भण्डार पसलमा  नुनमा Birla oxide cement colour रासायनिक पदार्थ मिसाएर मल हो भन्दै बेच्ने  व्यापारी स्थानीय किशोरी दासको छोरा ५५ वर्षिय मोहन दासलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

   व्यापारी दासले नुनमा रासायनिक पदार्थ मिसाई पोटास हो भनी किसानलाई झुक्याएर बेच्दै आएको पाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी विजय श्रेष्ठले जानकारी दिए ।

   प्रहरीले  महालक्ष्मी सहकारीबाट पारस सर्वोत्तम खाद लेखिएको प्रति बोरा ५० किलोको दर भएको पहेँलो रंगको सिलाएको बोरा ३१ वटा र खुल्ला बोरामा आधी  २५ किलो भएको बोरा १ वटा  नियन्त्रणमा लिएको छ। यस्तै  आईपीएल डीएपी इन्डियन पोटास लेखिएको पहेँलो रङको सिलाएको प्रतिबोरा ५० किलो भएको २० वटा बोरा र सोही कम्पनीको एउटा खाली बोरा, साल्ट लेखिएको सेतो रङको(नुन)प्रति बोरा ५० किलोको दर भएको बोरा १०३ वटा र बोरा सिलाउने मेसिन १ थान बरामद गरेको छ।

   यसैगरी प्रहरीले दास बिज भण्डारबाट पारस सर्वोत्तम खाध लेखिएको प्रति बोरा ५० किलो दर भएको पहेँलो रंगको सिलाएको बोरा १० वटा बरामद गरेको छ।

  व्यापारी दासलाई बरामद गरिएको सामानसहित नियन्त्रणमा लिएर थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment