Wednesday, February 1, 2023

छुट्टाछुट्टै सवारी दुर्घटनामा एक बालकसहित दुई जनाको मृत्यु

 


छुट्टाछुट्टै  सवारी दुर्घटनामा एक बालकसहित  दुई जनाको मृत्यु

लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १८

    छुट्टाछुट्टै  सवारी दुर्घटनामा परेर सर्लाहीमा एक बालकसहित दुईजनाको मृत्यु भएको छ।

बुधबार दिउँसो र साँझ जिल्लाको लालबन्दी र बरहथवा नगरपालिकामा  भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको हो ।

    प्रहरीले दिएको जानकारी अनुसार दिउँसो करिब साढे १२ बजे  लालबन्दी न.पा वडा न-१७ रानिगंज डाँडाटोल स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ च ३१२९ नम्बरको बोलेरो पिकअपले विपरीत दिशातर्फ बाट गइरहेको प्र २-०२-००२ प ९२५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक स्थानीय शंकर महतोको छोेरा वर्ष ३३ को राजकुमार महतो घाइते भई उपचारको लागि स्थानीय मोडेल हस्पिटलमा ल्याउँदा मृत्यु भएको हो।

    दुर्घटनामा संलग्न पिकअपका चालक सोही ठाउँ बस्ने विरेन्द्र साहको २२ वर्षिय छोरा मुकेश साहलाई ईलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखि अनुसंधान भइरहेको प्रहरीले जनाएको छ।

   त्यसैगरी साँझ ६ बजेको समयमा बरहथवा न.पा वडा न-१६ सितापुर कटानी स्थित शिव ईटा उद्योगमा रहेको प्र-२-०३-००१ त ६५५५ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ईट्टा भट्टामा काम गर्ने भारतको उत्तर प्रदेश राज्यको महमदी ग्राम शंकर छाउनी -१ बस्ने संजिब कुमारको छोरा अन्दाजी वर्ष ६ को हेमन्त कुमारको मृत्यु भएको छ।

   ठक्करबाट घाइते भएको हेमन्तको हरिवन स्थित लिलावती अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

  दुर्घटना पश्चात् ट्याक्टर चालक फरार भएको र निजको खोजी कार्यक्रम भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।


No comments:

Post a Comment