Wednesday, February 1, 2023

नक्कली नोटसहित दुईजना पक्राउ

 

नक्कली नोटसहित दुईजना पक्राउ

लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १८

      नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

    सर्लाहीको बागमती नगरपालिका वडा न-१० स्थितबाट एक हजारको नक्कली नोटको साथै  रु.एक हजारको नोटबनाउने साईजको १००/१०० पिस भएको ५५ थान बण्डलको कागज र कागज काटने कटर(चक्कु) सहित सोही ठाउँ बस्ने कुल बहदुर परियारको छोरा वर्ष २४ को संग्राम परियार र शेख देहायतको छोरा वर्ष ४७ को शेख रमजानलाई  प्रहरीले पक्राउ गरेको हो ।

  पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरी कानूनी प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

No comments:

Post a Comment