Friday, February 3, 2023

जेष्ठ नागरिक,अपाङ्ग,बालबालिका र यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई न्यानो कपडा वितरण

 


जेष्ठ नागरिक,अपाङ्ग,बालबालिका र यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई न्यानो कपडा वितरण



लोकतन्त्र समाचारदाता ---

सर्लाही,माघ २०

      सर्लाहीको सदरमुकाम मलंगवामा जेष्ठ नागरिक,अपाङ्ग,बालबालिका र यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई न्यानो कपडा वितरण गरिएको छ। मधेस प्रदेश सरकार महिला ,बालबालिका,युवा तथा खेलकुद मन्त्रालय जनकपुरधामले सर्लाही जिल्लाका जेष्ठ नागरिक,अपाङ्ग,बालबालिका र यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो। 

  मन्त्रालयका उप-सचिव महेन्द्र महतोको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र कुशवाहाको प्रमुख आतिथ्यतामा मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा बिहिवार दिउँसो एक कार्यक्रमको आयोजना गरि सो समुदायका व्यक्तिहरुलाई न्यानो कम्बल,टोपी र म्याट वितरण गरिएको छ।

  


No comments:

Post a Comment