Sunday, February 19, 2023
सर्लाहीको सदरमुकाम मलंगवासहित जिल्लाभरीको शिवालयहरुमा दर्शनार्थीको घुइँचो/हजारौंको जनसहभागितामा कलश यात्रा निकालियो
सर्लाहीको सदरमुकाम मलंगवासहित जिल्लाभरीको शिवालयहरुमा दर्शनार्थीको घुइँचो/हजारौंको जनसहभागितामा कलश यात्रा निकालियो
शिवरात्रीको अवसरमा हिजो(शनिवार) सदरमुकाम मलंगवा लगायत जिल्लाभरीका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको थियो। सो अवसरमा मलंगवा स्थित शिवमन्दिर , हरिपुर नगरपालिका चितायन स्थित लक्ष्मीनाथ महादेव मन्दिर ,बरहथवा नगरपालिका मुर्तिया स्थित मुक्तेश्वर बाबाधाम,बागमती नगरपालिका स्थित नुनथर महादेव ,लालबन्दी स्थित डुमडुमे महादेव मन्दिर, हरिवनमा रहेका चतुर्भूजेश्वर महादेव मन्दिर, सुखेपोखरी र कैलाशपुरी महादेव मन्दिर, ईश्वरपुर स्थित सागरनाथ महादेव मन्दिर र फूलजोर बाबा मन्दिर तथा हरिपुर फरहदथवा स्थित शिवमन्दिर लगायत जिल्लाका अन्य शिव मन्दिरमा दर्शनार्थीहरुको घुइँचो लागेको थियो भने ती शिवालयहरुमा शिवरात्री मेलाको समेत आयोजना गरिएको थियो।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment