Tuesday, February 14, 2023
५० हजार भन्दा बढी जनतालाई हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने गोडैता नगरपालिकाको लक्ष्य
लोकतन्त्र समाचारदाता-----
सर्लाहीको गोडैता नगरपालिकामा १३ वटा स्वास्थ्य संस्थाहरु मार्फत ५० हजार भन्दा बढी ब्यक्तिहरुलाई हात्तिपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्यसहित आम औषधि सेवन अभियान संचालन हुन गइरहेको छ। आउँदो फागुन ११ गतेदेखि गोडैताका सबै वडाहरुमा एकैसाथ उक्त अभियान संचालन हुने स्वास्थ्य शाखा प्रमुख प्रमोद पंडितले जानकारी दिनु भएको छ।
मंगलबार गोडैता नगरपालिकाको कार्यालयमा आयोजित राष्ट्रिय हात्तिपाइले रोग निवारण कार्यक्रम–२०७९ हात्तीपाइले रोग विरुद्ध आम औषधि सेवन अभियान अन्तर्गत " पालिकास्तरिय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी "मार्फत सो को जानकारी गराइएको हो।
पंडितका अनुसार यो रोग लागेको लक्षण नदेखिए पनि शरिरमा हात्तीपाइले रोगको परजिवी हुन सक्छ।यो रोग लागिसके पछि पुरै निको पार्न नसक्ने भएकोले बेलैमा औषधि खाएमा शरिरको परजिवी नष्ट हुन्छ र रोग लाग्दैन साथै परिवार तथा समुदायका अरु ब्यक्तिलाई पनि सर्दैन ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment