Friday, February 3, 2023

पानी तान्ने मोटर चोरी गर्ने ४ जना पक्राउ

 


पानी तान्ने मोटर चोरी गर्ने ४ जना  पक्राउ



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ २०

   पानी तान्ने मोटर चोरीमा संलग्न ४ जना ब्यक्तिलाई प्रहरीले मोटरसहित पक्राउ गरेको छ।

   पक्राउ पर्नेहरुमा बरहथवा नगरपालिका वडा नं.१० बस्ने रामस्वरूप चौधरीको छोरा वर्ष २३ को रमेश चौधरी ,रामपृत रायको छोरा वर्ष २१ को राधेश्याम राय, बिगन पंडितको छोरा वर्ष २३ को दिपेन्द्र पंडित र  बरहथवा न.पा.वडा नं.५ स्थितमा बिकाश ट्रेडर्स कवाड पसल संचालन गरी बस्ने उपेन्द्र रायको छोरा वर्ष ३१ को बिकास कुमार यादव रहेका छन् ।

   उनीहरूले गत सनिवार राती अन्दाजी १२ बजेको समयमा बरहथवा न.पा.वडा नं.१० बस्ने रामविश्वाष रायको चापा कलमा जडान गरिएको मोटर चोरी गरी लगेका थिए।

  चोरीमा संलग्न चारैजना उपर चोरि मु्द्दामा  जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरी कानूनी प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।

                        

No comments:

Post a Comment