Saturday, February 4, 2023

मलंगवामा स्कुल बसको ठक्करबाट सलेमपुरका एक युवकको मृत्यु,दुई किशोरी घाइते


मलंगवामा स्कुल बसको ठक्करबाट सलेमपुरका एक युवकको मृत्यु,दुई किशोरी घाइते

मनोज यादव---

सर्लाही,माघ २१

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-४ स्थित शनिबार बिहान भएको सडक दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ भने दुई जना किशोरीहरु घाइते भएका छन् ।

   मलंगवा नवलपुर सडकखण्ड अन्तर्गत मलंगवा- ४ स्थित प्रहरी चौकी नजिक मलंगवाबाट गम्हरियातर्फ जाँदै गरेको ना.१ झ ४९५१ नम्बरको जेसिज अंग्रेजी आवासीय माध्यमिक विद्यालयको बस र कबिलासी न.पा को सलेमपुरबाट मलंगवा तर्फ जाँदै गरेको बीआर ०६ बीपी ३५१३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदाँ मोटरसाइकल चालक वडा न-९ सलेमपुरका जुगेश्वर महतोको छोरा अन्दाजी १८ वर्षिय  दिपेन्द्र महतोको मृत्यु भएको हो।

   ठक्कर लागेर गम्भिर घाईते भएका महतोको उपचारका लागि प्रादेशिक  अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले निजलाई मृत घोषित गरेका थिए। सोही मोटरसाइकलको पछाडि सवार सोही न.पा वडा नं-१० की हृदय नारायण महतोकी छोरी अन्दाजी वर्ष १७ की शवनम महतो र जगदिश महतोकी छोरी अन्दाजी १७ वर्ष १७ कि पूजा महतो घाइते भएका छन्।

  मृतकको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।घाइते दुवैजनाको  समान्य उपचार पश्चात थप उपचारका लागि बिरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

   बिहान लागेको बाक्लो कुहिरोका कारण उक्त दुर्घटना हुन पुगेको दुर्घटना स्थल नजिकका बासिन्दाहरुले अनुमाम गर्दै बताएका छन् ।

No comments:

Post a Comment