Wednesday, February 8, 2023

कविलासीमा फेरी मोटरसाइकल दुर्घटना ,एक युवकको मृत्यु

 


कविलासीमा  फेरी मोटरसाइकल दुर्घटना ,एक युवकको मृत्यु


लोकतन्त्र समाचारदाता----

सर्लाही,माघ २६

      सर्लाहीको कविलासी नगरपालिकामा मंगलबार राति   मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।मृत्युु हुनेमा

सोही न.पा वडा न-९, सलेमपुर बस्ने ब्रह्मदेव रायका छोरा २७ वर्षीय डिकेश रायको रहेको छ।

   निजको सदरमुकाम  मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको अवस्थामा कबिलासी र सिर्सियाको बिचमा पर्ने कच्ची पुल नजिक आफैले चलाएको प्रदेश २–०३–००९ प ७९१५ नम्वरको मोटरसाइकल अनियन्त्रित भइ सडक छेउमा गाडिएको पिलरमा ठोक्किँदा घटनास्थलमै  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।

   मृतक रायको शव प्रादेशिक अस्पताल मलंवामा पोष्टमार्टम गरी सदगदका लागि आफन्तको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ।

    भर्खरै केही दिन अगाडी मलंगवा -नवलपुर सडक खण्डमा स्कुल बस र मोटरसाइकल एक आपसमा ठोक्किंदा मोटरसाइकल सवार सलेमपुरकै एक युवक र एक किशोरीको  मृत्यु भएको थियो भने एक किशोरी गम्भीर घाइते भएकी थिइन्।

No comments:

Post a Comment