Friday, February 3, 2023

तिम्ल्याहा बच्चाको पालनपोषणका लागि आमा बुवालाई मलंगवा नगरपालिका द्वारा भैंसी उपहार

 

तिम्ल्याहा बच्चाको पालनपोषणका लागि  आमा बुवालाई मलंगवा नगरपालिका द्वारा भैंसी उपहार



मनोज यादव---

सर्लाही,माघ २०


   तिम्ल्याहा बच्चालाई जन्म दिएका खुटौनाका एक दम्पतीलाई स्वरोजगारीको लागि मलंगवा नगरपालिकाले भैसी उपहार दिएको छ।

   मलंगवा नगरपालिका वडा न-६ खुटौना बस्ने दम्पती जितेन्द्र कुमार यादव र गिता देवी यादवलाई बिहीबार निजहरुको घरमै सो वडाका वडाअध्यक्ष राम कैलाश यादवको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि प्रमुख अतिथि मधेस प्रदेश सांसद कौशल किशोर राय र नगर प्रमुख नागेन्द्र प्रसाद यादवले ९२ हजार रुपैया मुल्यको एकथान भैसी हस्तान्तरण गरेका हुन्।

   गितादेवीले गत २०७८ साल भदौ १३ गते एकैदिन  पालैपालो गरि केही मिनेटको अन्तरमा तीनवटा शिशुहरुलाई जन्म दिएकी थिइन्।हाल तीनवटै बच्चाहरुको स्वास्थ्य अवस्था राम्रो रहेको श्रीमान जितेन्द्रले बताए ।

   आर्थिक रुपमा उनीहरू त्यति सबल नभएकोले तीनवटा बच्चाहरुको पालनपोषणमा समस्या नआवोस् भनेर स्वरोजगारको लागि यादव दम्पतीलाई एकथान भैसी प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले बताए ।

   भैसी उपहार पाएपछि खुसी भएका दम्पती नगरप्रमुख यादवलाई धन्यवाद दिएका छन् ।

  कार्यक्रममा वडा न-१ का वडाअध्यक्ष नवल किशोर राय लगायत वडा न-६ खुटौनाका वडा सदस्य तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो।

No comments:

Post a Comment