Monday, February 20, 2023
दाइजो प्रथा तथा विवाहको नाममा गरिने व्यर्थ खर्च रोक्न उल्मको निर्णय ।
दाइजो प्रथा तथा विवाहको नाममा गरिने व्यर्थ खर्च रोक्न उल्मको निर्णय ।
उल्मा काउन्सिल बाँकेले विवाहको नाममा गरिने व्यर्थ खर्चलाई रोक्न कडाइ गर्ने निर्णय गरेको छ । शनिबार नेपालगञ्जको जामा मस्जिद फैजुन नबीमा बसिएको उल्मा काउन्सिलको बैठकले विवाहको नाममा दाइजो लेनदेन गर्नेहरुलाई कडाइको साथ रोक्ने निर्णय गरेको हो । विवाहको अवसरमा केटि पक्षसँग दाइजो माग गर्ने, ढोल बाजा बजाउने, नाचगान गर्ने , पटाखा पड्काउने, हल्दी-मेहदी सेरेमोनी गर्नेहरुको निकाह नपढाउने बताएइको छ ।
उल्मा काउन्सिल बाँके बर्दिया अध्यक्ष मौलाना कहफुल वरा मिस्बाहीले यसप्रथालाई रोक्न आम समुदाय उल्मा ए किराम , समाजका अगुवा र जागरुक युवाहरू एकजुट हुन आग्रह गरे । उनले भने दाइजो लेनदेनका कारण गरीब परिवार माथी निकै दमन गरेको छ । अधिकांश परिवारका छोरीहरूको विवाह नै नहुने अवस्था सृजना भएको छ । लामो समय देखि समाजमा यसप्रथाले नकारात्मक असर पारिरहेको हुनले उल्माहरुको समुहले दाइजो लेनदेन गर्ने तथा विवाहको नाममा व्यर्थ खर्चलाई बढावा दिई छोरी पक्षलाई पीडित बनाउनेहरुको निकाह पढाउने छैन । यसको प्रचारप्रसारका लागी हरेक मस्जिदबाट उद्घोष गर्ने र ठाउँ ठाउँमा ब्यानर सहित जागरुकता फैलाउने उल्माहरुको अभियान छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment