Monday, February 13, 2023

गोडैताको मधुबनीमा २ करोड भन्दाबढी लागतको विद्यालय भवन शिलान्यास

 गोडैताको मधुबनीमा  २ करोड भन्दाबढी लागतको विद्यालय भवन शिलान्यास 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन १

     सर्लाहीको गोडैता नगरपालिका वडा नं-१२ मधुबनी स्थित श्री बैधनाथ माध्यमिक  विधालयमा ८ कोठे २ वटा भवनसहित एकवटा शौचालयको शिलान्यास गरिएको छ।

    २ करोड ८० लाख ८६ हजार ९५० रुपैयाँको  लागतमा निर्माण हुनलागेको उक्त भवनको  सोमबार एक समारोहका बिच नगर प्रमुख देवेन्द्र यादवले शिलान्यास गर्नुभएको हो।भवन निर्माणको जिम्मा जय भवानी निर्माण सेवा,मलंगवा-१० ले लिएको छ। 

     निर्माण कम्पनी सँग २०८१ साल जेष्ठ २१ गतेसम्म निर्माण सम्बन्धि  सम्पूर्ण काम सम्पन्न गरिसक्नु पर्ने गरि  

२०७९ पुस २१ गते सम्झौता भएको वडाअध्यक्ष केशव कुमारले बताएको छ। 

       वडा न-१२ मधुवनीको वडा कार्यालयको आयोजना तथा वडाअध्यक्ष  केशव कुमारको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश यादव,कर्मचारीहरु ,विद्यालयका शिक्षक,शिक्षिका,विद्यार्थीहरु लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो।

 


No comments:

Post a Comment