Tuesday, January 31, 2023

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सर्लाहीले बुझाए प्रधानमन्त्रीलाई १० बुंदे मागसहित ज्ञापन पत्र


आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सर्लाहीले बुझाए प्रधानमन्त्रीलाई  १० बुंदे मागसहित ज्ञापन पत्र



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १७

    बैदेशिक रोजगार कामदारहरुलाई परेको मर्का प्रति ध्यानाकर्षण गराउँदै   भइरहेको ठगिलाई नियन्त्रण गर्न लगायत विभिन्न दस बुँदे मागसहित आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सर्लाहीले सर्लाहीका प्रमुख जिल्ला अधिकारी मार्फत  प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।  

    संरक्षण केन्द्रका अध्यक्ष दिनेश कुमार यादवको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रजिअ इन्द्रदेव यादव मार्फत सो ज्ञापनपत्र बुझाएको हो । 

    बुझाइएको ज्ञापन पत्रमा ठगी गर्ने खोजी रिक्रुटमेन्ट प्रा.लि लाई तत्काल कानुन अनुसार कार्यवाही गर्न,पिडित आप्रवासी युवाहरुलाई न्याय दिन र झुठा मुद्दा खारेज गर्न,G to G सम्बन्धि व्यवस्था मिलाएर सरकारी स्तरबाट पठाउने व्यवस्था मिलाउन ,कोभिड पश्चात् बैदेशिक रोजगारीको नाममा  चरम ठगी र बेचबिखन देखिन आएकोले प्रहरी डिपार्टमेन्ट भित्र सशक्त वैदेशिक रोजगार सेलको स्थापना गर्न,स्थानीय तहहरुमा यसको लागि शाखा कायम गरि कामदार तथा तिनका परिवारको हकहितका लागि आधिकारिक सूचना तथा जानकारी प्रदान ,समस्यामा परेकालाई सहयोग ,वैदेशिक रोजगारको क्रममा मृत्युवरण गरेका व्यक्तिका बालबालिकालाई छात्रवृत्ति ,पुन:स्थापना लगायतका कार्यक्रमहरुको व्यवस्था ,ज्यान गुमाउने र अंगभंग भएका कामदारका परिवारलाई जिविकोपार्जनका आधारको श्रृजना गर्ने,फर्केर आएकाहरुको लागि ज्ञान र सीप अनुसारको रोजगार श्रृजना गर्न,बिना धितो श्रृणको व्यवस्था गर्न र प्रेम प्रसाद आचार्यलाई आत्मदाह गर्न विवश गराएका पिडकहरुको खोजी तथा छानबिन गरि कानुन अनुसार कडा कार्यवाही गर्न साथै निजको परिवारको भरणपोषणको व्यवस्था गर्न लगायतका मागहरु उल्लेख गरिएको छ।

   प्रजिअ यादवमार्फत बुझाइएको ज्ञापनपत्र बैदेशिक रोजगार विभाग बुद्धनगर ,काठमाडौलाई समेत बोदार्थ गरिएको छ। 

  ज्ञापनपत्र बुझाउनु पुर्व मलंगवामा नगर परिक्रमा समेत गरिएको थियो।


No comments:

Post a Comment