Sunday, April 2, 2023

सिरहामा १६औं सद्गुरु कवीर राष्ट्रिय स्तरीय महासम्मेलन सम्पन्न


सिरहामा १६औं सद्गुरु कवीर राष्ट्रिय स्तरीय  महासम्मेलन सम्पन्न

भुपानन्द राम दास---

सिरहा,चैत्र १९

    सिरहाको जिल्लाको सिरहा नगरपालिका वडा न-२ मा १६ औं वार्षिक  त्रिदिवसिय सद्गुरु राष्ट्रिय स्तरीय महासम्मेलन तथा भण्डारा समारोह  सम्पन्न भएको छ। बुधवार साँझदेखि सुरु भएको महासम्मेलन शुक्रवार सम्पन्न भएको हो।

   सिरहा-२ मा रहेको कबिर मन्दिरका संस्थापक  महात्मा जिबछ साहेबको अध्यक्षता तथा महात्मा राम सेवक साहेबको प्रमुख आतिथ्यमा सम्पन्न भएको महासम्मेलन हरेक वर्ष झै यसवर्ष पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरि भब्यताका साथ सम्पन्न भएको छ।उक्त सम्मेलनमा नेपाल लगायत भारतको विभिन्न ठाउँबाट संत,महन्थ,माहात्मा,साधु,साध्वी, धर्मपुराणी,गुरुप्रेमी,आस्थावान,आचार्य तथा स्थानीय समाजसेवी बुद्धिजीवीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

  सम्मेलनमा महाभण्डाराको समेत आयोजना गरिएको थियो ।सोही अवसरमा शिक्षा,राजनीति ,सामाजिक ,कल्याणकारी तथा आध्यात्मको क्षेत्रमा विशेष योगदान पुर्याउने विशिष्ठ ब्यक्तिहरुलाई आयोजक सद्गुरु कविर वचन वशीय प्रचारप्रसार समितिले "सद्गुरु कवीर राष्ट्रिय स्तरीय सम्मान २०७९" द्वारा सम्मानित गरेका थिए।

   उक्त महासम्मेलनमा विशिष्ठ अतिथि महन्थ पंचलाल साहेव,सन्तु साहेव,गुणेश्वर साहेव,चन्देश्वर साहेव लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।


No comments:

Post a Comment