Saturday, April 1, 2023

खुटौनाबाट ३ लाख बढीको अवैध कपडा बरामद


खुटौनाबाट ३ लाख बढीको अवैध कपडा बरामद

लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र १८

    प्रहरीले सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाबाट ३ लाख भन्दा बढीको अवैध कपडा बरामद गरेको छ।

   जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले शुक्रवार बिहान करिब पौने ११ बजे  मलंगवा न.पा वडा न-६, खुटौना स्थित स्थानीय अलाउदिन अंसारीको घरबाट अन्दाजी ३ लाख ४ हजार ९ सय मूल्य बराबरको भन्सार चोरी पैठारीका विभिन्न किसिमका कपडाहरु बरामद गरेको हो।

   बरामद गरिएका कपडाहरु आवश्यक कार्यवाहीको लागि सोही दिन मलंगवा स्थित सर्लाही भन्सार कार्यालयलाई बुझाइसकेको जिप्रका मलंगवाले जनाएको छ।

No comments:

Post a Comment