Monday, April 3, 2023

रुखले च्यापिएर खुटौनामा एक महिलाको मृत्यु


रुखले च्यापिएर खुटौनामा एक महिलाको मृत्यु

लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र २०

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-६ खुटौनामा रुखले च्यापिएर एक भारतीय महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा भारतको जिल्ला सितामढी नगरनिगम नुनिया टोल बस्ने केदार महतो नुनियाकी श्रीमती वर्ष ५० की तुरुन्ती देवी रहेकी छिन् ।

      सोमबार बिहान ११:२० बजेको समयमा खुटौनास्थित बाटो छेउमा रहेको सपेताको रुख काट्ने क्रममा सोही सडक भएर पैदल हिंडिरहेको  अवस्थामा अचानक रुख ढलेर किच्दा  तुरन्ती देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    रुख ढाल्ने व्यक्ति फरार रहेको र निजको खोजी भइरहेको प्रहरी बताएको छ।

No comments:

Post a Comment