Friday, March 31, 2023

सर्लाहीमा एस.इ.ई परीक्षा आजबाट सुरु,१० हजार ९१६ जना परिक्षार्थीहरु सहभागी

 


 सर्लाहीमा एस.इ.ई परीक्षा आजबाट सुरु,१० हजार ९१६ जना परिक्षार्थीहरु सहभागी /पहिलो दिन अनिवार्य अंग्रेजी 



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र १७

    सर्लाहीमा आजबाट २०७९ सालको माध्यमिक शिक्षा परीक्षा(एस.इ.ई)आज(शुक्रवार)देखि सुरु भएको छ। जिल्लाभरीबाट १० हजार ९१६ जना विद्यार्थीहरुले फारमभरी परिक्षामा सहभागी भएका छन् ।

    शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाका अनुसार यसवर्षको एस.ई.ई मा  ५५०१ छात्र र ५४१५ छात्रा गरि जम्मा १० हजार ९१६ जना विद्यार्थीहरुले फारम भरेका हुन।जसमध्ये सामुदायिक विद्यालयबाट ९०७९ र संस्थागत विद्यालयबाट १३४२ जना विद्यार्थीहरु रहेका छन् । साधारणतर्फ १० हजार ६२४ र प्राविधिकधार तर्फ २९२ जना विद्यार्थीहरु  गरी जम्मा १० हजार ९१६जना विद्यार्थीले एस.ई.ई परिक्षा दिन लागेको कुशवाहाले जानकारी दिए।

    जिल्लामा जम्मा ३७ वट परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ।ती केन्द्रहरुमा ९८ वटा सामुदायिक, ४५ वटा संस्थागत,२ वटा खुल्ला र १ वटा गृहणी गरि जम्मा  १४६ वटा विद्यालयले सहभागिता जनाउँदै छन् । 

ती ३७ वटा केन्द्रको लागि ३७ जना केन्द्राध्यक्षसहित ७४ जना सहायक केन्द्राध्यक्ष ,५३५ जना निरिक्षक,१०७ जना परीक्षा सहायक ,विद्यालय सहयोगी तथा  कार्यालय सहयोगी गरि २१४ जना र आवश्यक्ता अनुसार सुरक्षाकर्मीहरु खटाइका छन् ।

परिक्षालाई   स्वच्छ ,निष्पक्ष ,मर्यादित,व्यवस्थित, अनुशासित,विश्वसनीय र भय रहित वातावरणमा सम्पन्न गराउन  जिल्ला परीक्षा समन्वय समितिको निर्णय लगायत अन्य प्रचलित ऐन, कानुन,नियम ,नीतिगत व्यवस्था एवं निर्देशनको पालना गर्न गराउन ४६ बुँदे आचार संहिता पनि जारी गरि लागू गरिएको कुशवाहाले बताए ।

    आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा लिइएको थियो।

     

No comments:

Post a Comment