Wednesday, July 5, 2023

जनतासँग गरेको बाचा पूरा गरेको छु:कौडेना गा.पा अध्यक्ष रुपेश यादव

 जनतासँग गरेको बाचा पूरा गरेको छु:कौडेना गा.पा अध्यक्ष रुपेश यादव


बख्तियार अली......

सर्लाही,असाढ १९

     सर्लाहीको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार यादव,बबलुले आफुले कौडेनाका जनतासँग मत माग्ने बेलामा गरेको बाचा पूरा गरेको बताउनुभएको छ।स्थानीय तहको चुनावमा जनतासँग मत माग्ने बेलामा आफु निर्वाचित भएको पहिलो वर्षमै यस पालिकामा सुविधा सम्पन्न अस्पतालको निर्माण गर्ने बाचा अनुसार यस पालिकाको वडा न-२ स्थित फुलपरासीमा १५ शैयाको सुविधा सम्पन्न अस्पतालको निर्माण सम्पन्न गरि आज उद्घाटन गर्न पाउँदा धेरै खुसी लागेको बताउनुभयो ।कौडेनाबासी सँग  मत माग्दा गरेको सबै बाचा आफ्नो कार्यकालमा पूरा गरि छाड्ने समेत उहाँले बाचा गर्नुभयो।

    उक्त नवनिर्मित सामुदायिक अस्पताल सुचारु भएपछि कौडेना लगायत आसपासका अन्य पालिकाका जनताहरु हर्षित भएको स्थानीय रामदुलार रायले भने।

   सानोभन्दा सानो स्वास्थ्य समस्या पनि आइपर्दा कौडेनाबासीहरुलाई सदरमुकाम मलंगवा अथवा रौतहटको गौर लगायतका शहरमा जानुपर्ने बाध्यता रहेको थियो। सामुदायिक अस्पताल संचालनमा आएपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय रघुबिर यादवले बताए ।

   उक्त सामुदायिक अस्पतालको मंगलबार एक कार्यक्रमका बिच संघीय सरकारका मन्त्री द्वय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत र खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र राय यादवले संयुक्तरूपमा गरेका हुन।

   उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले काँग्रेस र एमालेलाई अंकित गर्दै देशमा सुशासन र संघीय लोकतन्त्रको स्थायित्वका लागि गठन भएको गठबन्धनको सरकार ५ वर्ष सम्म चल्ने दाबी गर्नुभयो।उहाँले यस बाहेक अन्य कुनै विकल्प समेत नरहेको बताउनुभयो ।

   स्वास्थ्य मन्त्री बस्नेतले आफु पदमा रहेसम्म आर्थिक अभावका कारण कुनैपनि बिरामीको अकालमा ज्यान नजाने बताउनुभयो ।उपचार गराउन नसक्ने विपन्न बिरामीहरुको उपचार हामीले गराइदिने मन्त्री बस्नेतले बताउनुभयो ।

   उद्घाटन  कार्यक्रममा मधेस प्रदेश सांसदहरु जंगिलाल राय,कौशल किशोर राय,प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,कौडेना गापा उपाध्यक्ष नगीना यादव,पुर्व मन्त्री शम्भुलाल श्रेष्ठ ,नेपाली काँग्रेस सर्लाहीका अध्यक्ष सुरेन्द्र सिंह, नेपाली काँग्रेस सर्लाहीका पुर्व जिल्ला अध्यक्ष लक्षमण राय,प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादव ,विभिन्न राजनीति दलका नेता,गाउँपालिकाका कर्मचारी ,स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो।

No comments:

Post a Comment