Tuesday, July 11, 2023

मलंगवामा पोषणमैत्री स्थानीय तह बनाउन नगर स्तरीय पोषण सम्बन्धि कार्यक्रम सम्पन्न,वडा न-२ र वडा न-६ ले पोषण सम्बन्धि कार्यगर्ने निर्णय

  मलंगवामा पोषणमैत्री स्थानीय तह बनाउन नगर स्तरीय पोषण सम्बन्धि कार्यक्रम सम्पन्न,वडा न-२ र वडा न-६ ले पोषण सम्बन्धि कार्यगर्ने निर्णय



लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ २५

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा पोषण मैत्री स्थानीय तह बनाउनका लागि नगर स्तरीय पोषण सम्बन्धि कार्यक्रम  सम्पन्न भएको छ। सोमबार मलंगवा न.पा वडा न-२ स्थित नयाँ बसपार्कको सभाहलमा उक्त  कार्यक्रम सम्पन्न भएको हो।

    नगरप्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आधारभूत पोषण, बहुक्षेत्रीय पोषण योजना, पोषणको अवस्था, अवधारणा र सुधारका प्रयासबारे छलफल भएको जनाईएको छ। पोषण मैत्री स्थानीय तहको अवधारणा, रणनीति र पोषण मैत्री स्थानीय तह घोषणाको चरणहरू, पोषण मैत्री स्थानीय तह घोषणाका सूचकहरु, पोषणमैत्री स्थानीय तह घोषणामा स्थानीय तहको भूमिकाको बारेका पोषण विज्ञ अमरेन्द्र रायले सहभागीहरुलाई  जानकारी गराएका थिए।कार्यक्रममा बहुक्षेत्रीय पोषण योजनाको अवधारणा तथा यसमा विषयगत क्षेत्रको भुमिका र सूचक तथा सूचक प्राप्तिका लागि सञ्चालन गर्नु पर्ने क्रियाकलाप हरुको जानकारी गराउने उद्येश्यले कार्यक्रमको आयोजना गरिएको आयोजित  कार्यक्रमका संचालक एवं नगरपालिकाका स्वास्थ निरिक्षक विष्णुकान्त साहले बताए।

    सोही कार्यक्रम मार्फत नगरपालिका अन्तर्गतका दुईवटा वडाहरु वडा न-२ र वडा न-६ लाई पोषण सम्बन्धि कार्यगर्न वडा स्वास्थ्य केन्द्र  र वडा न-६ को स्वास्थ्य चौकीबाट दलित बस्ती सुखैनिया टोलालाई र वडा न-२ ले वडा न-३ को पासवान टोल र वडा न-४ को चमार र हलखोर बस्तीलाई समेट्ने गरि कार्यगर्न सर्वसम्मतिबाट निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले बताए ।  

     कार्यक्रममा वडा न-२ का वडाअध्यक्ष धिरेन्द्र साह,स्वास्थ्य संयोजक रामनन्दन राय,लेखा अधिकृत जमसेद आलम, सूचना अधिकृत राजकुमार अधिकारी,प्राधानाध्यापकहरु,विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र पत्रकारहरु लगायतको  सहभागिता रहेको थियो।




No comments:

Post a Comment