Wednesday, July 19, 2023

दुर्घटनामा ज्यान गुमाएका बबरगंजका विमतिकी श्रीमतीलाई एल. आई. सी नेपाल द्वारा मृत्यु दावी रकम हस्तान्तरण

 

दुर्घटनामा ज्यान गुमाएका बबरगंजका विमतिकी श्रीमतीलाई एल. आई. सी नेपाल द्वारा मृत्यु दावी रकम हस्तान्तरण


मनोज यादव--

सर्लाही,साउन ३

   एल. आई. सी (नेपाल) लिमिटेडले विमतिको परिवारलाई दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले मृतक बीमितको परिवारलाई ५ लाख ४७ हजार रुपैयाँ बराबरको चेक प्रदान गरेको छ ।

    सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा न-२ बबरगंज  निवासी मृतक मनोज कुमार कुशवाहाकी श्रीमती शुकुमारी देवी महतोलाई घरमै गएर कम्पनीले  चेक हस्तान्तरण गरेको हो ।दुर्घटनामा परेर मृत्यु भएको कुशवाहाले २ लाख ५० हजार रुपैयाँको बिमा गराएको एजेन्सी प्रबन्धक मनोज कुमार  राउतले बताए ।

   कम्पनीले बुधबार दिउँसो बबरगंज स्थित कुशवाहाकै घरमा एक कार्यक्रमको आयोजना गरि मृतक बीमितकी  श्रीमति शुकुमारी देवी लाई सो रकम हस्तान्तरण गरेका हुन् ।

     रकम हस्तान्तरण गर्दै एजेन्सी प्रबन्धक राउतले  नागरीकको सुरक्षाका लागि बीमा अपरिहार्य भएको बताए । बीमा गर्दा बीमा कम्पनी र एजेन्टहरुको विश्वसनीयता हेरेर छनोट गर्नुपर्ने उनले भने ।

    रकम हस्तान्तरण कार्यक्रममा एल.आइ.सी नेपाल लालबन्दी शाखा प्रमुख  प्रविन कुमार झा , बर्दिवास शाखा  प्रमुख  बिनायक झा , बरहथवा शाखा प्रमुख अनिल कुमार यादब , एजेन्सी प्रबन्धक राउत, अभिकर्ताहरू याेगेन्द्र महताे,अक्षय सिंह तथा विमितका आफन्तहरुको उपस्थिति रहेको थियो ।

   रकम हस्तान्तरण पश्चात् उपस्थित कम्पनीका पदाधिकारी र स्थानीयबासीहरुले मृतक कुशवाहालाई श्रद्धाञ्जली दिएर कार्यक्रमको समापन गरेका थिए।


No comments:

Post a Comment