Saturday, July 1, 2023

रौतहटमा दाइजो नदिएको निहुँमा आमा र २ वर्षिया बालिकाको हत्या



रौतहटमा  दाइजो नदिएको निहुँमा  आमा र २ वर्षिया बालिकाको  हत्या



दिपेश कुमार शाह----

 रौतहट,असाढ १६

     राैतहट जिल्लाको माैलापुर नगरपालिका वडा नम्बर- ४ स्थित पताैरामा आमा छोरी मृत अवस्थामा फेला परेका छन । २४ वर्षिया कविता देवी र निजकी २ वर्षिया छोरी आरुही कुमारी आफ्नै घरको पंखामा झुन्डिएर मृत  अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।


    दाईजो नदिएको निहुँमा छोरीको ससुराली पक्षका पुरै परिवारको मिलेमतोमा छोरी र नातिनीको हत्या गरि पंखामा झुण्ड्याएको माईती पक्षको आरोप छ। उक्त घटना हत्या वा आत्महत्या हो यकिन गर्न गाह्रो भएको र थप अनुसन्धान भरहेको प्रहरी उपरीक्षक बुढामगरले बताएका छन्। मृतक कविताका श्रीमान धिरेन्द्र साह र ससुरा नागेन्द्र साह घटना पश्चात् पुरै परिवारसहित फरार रहेका छन्।

    जिल्लाकै माधवनारायण नगरपालिका वडा न-५ मिठुअवा माइतीघर भएकी कविताका बुवा विजय शंकर साहका अनुसार घटनाबारे आफूलाई स्थानीयले फोनमार्फत जानकारी गराएको र जानकारी पाउने बित्तिकै प्रहरीले खबर गरेको  बताए। छोरी र ज्वाइबीच पटक-पटक विवाद हुँदै आइरहेकाले दुवैजनालाई  मिलेर बस्न भनि सम्झाई बुझाई समेत गरेको साहले बताए। मृतकका पिता साहका  अनुसार ज्वाँइले हरसमय नगद, पलङ्ग, सुनको औठी र सिक्री माग्दै आएका थिए। पटक पटक सोही निहुँमा छोरी माथि कुटपिट हुने गरेको उनले बताए।

     छोरीले आत्महत्या नगरेको बल्की दाइजोको निहुँमा ज्वाई र सम्धीसहित घरका अन्य सदस्यहरु मिलेर हत्या गरेको साहको आरोप छ।

No comments:

Post a Comment