Wednesday, July 26, 2023

नेपाल-भारत लडकवा नाका नजिक भेडियाही स्थित सुनसान खेतमा एक अज्ञात पुरुषको शव फेलापर्यो


नेपाल-भारत  लडकवा नाका नजिक भेडियाही स्थित सुनसान खेतमा एक अज्ञात पुरुषको शव फेलापर्यो



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १०

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-१ भेडियाही स्थित  नेपाल भारत सिमा।दशगजा नजिक  मंगलबार दिउँसो एक अज्ञात पुरुषको शव फेला परेको छ।

   अन्दाजी २५/३० वर्षको देखिने उक्त  पुरुषको शव भारतको सितामढी जिल्ला सोनवर्षा प्रखण्ड अन्तर्गत पर्ने लडकवा नाका नजिक  नेपाल तर्फको मलंगवा न.पा वडा न-१ भेडियाही स्थित सुनसान धानखेतमा फेला परेको हो।खेतमा काम गर्ने मानिसहरुले शव देखेपछि दिउँसो १ बजेको समयमा उक्त घटना बाहिर आएको सर्लाही प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिएको छ।

   घटना स्थलमा पुगेका डिएसपी कैलाश राईका अनुसार घटनास्थलको प्रकृतिलाई हेर्दा मृतक युवकलाई रातीनै भारततर्फ हत्या गरेर घिसार्दै सिमानाका कटाउँदै नेपाल तर्फको भुमीमा फालिएको हुनसक्छ।

 शवको पहिचान खुलाउनको लागि भारतीय सुरक्षा निकायसँग सम्पर्क गरि अनुसंधान भइरहेको डिएसपी राईले जानकारी दिए।

   

No comments:

Post a Comment