Monday, July 3, 2023

कौडेनमा अस्पतालको उद्घाटन खानेपानी मन्त्री महिन्द्र राय यादव र स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले संयुक्त रुपमा गर्ने

कौडेनमा अस्पतालको उद्घाटन खानेपानी  मन्त्री महिन्द्र राय यादव र स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले संयुक्त रुपमा गर्ने



सत्यप्रकाश यादव---

सर्लाही, असाढ १८ 

    संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादव सोमबार गृह जिल्ला सर्लाही आउने भएका छन् । 

     पुर्व निर्धारित कार्यक्रम अनुसार मन्त्री यादव कौडेना गाउँपालिका- २, फुलपरासीमा निर्माण भएको १५ शय्याको अस्पतालको उद्घाटन गर्न  सर्लाही आउन लागेको बताइएको छ। 

   १ करोड ७९ लाख रुपैयाँको लागतमा निर्माण भएको उक्त अस्पतालको मंगलबार संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले संयुक्त रुपमा उद्घाटन गर्नु हुने कौडेना गाउँपालिकाले जनाएको छ। 

  उद्घाटन कार्यक्रमको समय मंगलबार बिहान १० बजे तय गरिए पनि मौसमका कारण केहि ढिला हुनसक्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवले जानकारी गराएका हुन् ।

No comments:

Post a Comment