Friday, July 7, 2023

मलंगवामा संचालित बालविकास सहजकर्ताको लागि शैक्षिक सामाग्री निर्माण तथा प्रयोग तालिम सम्पन्न

 


मलंगवामा संचालित बालविकास सहजकर्ताको लागि  शैक्षिक सामाग्री निर्माण तथा प्रयोग तालिम सम्पन्न

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ २२

     बाल विकास सहजकर्ताहरुका लागी ५ दिने शैक्षिक सामाग्री निर्माण तथा प्रयोग सम्बन्धि तालिम बिहीबार  एक कार्यक्रमका बीच सम्पन्न भएको छ। 

   मलंगवा नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ताहरुको लागि मलंगवा न.पा वडा न-२ स्थित पब्लिक माविमा असाढ १७ गतेदेखि संचालन भएको उक्त तालिम असाढ २१ गते सम्पन्न भएको थियो।उक्त तालिममा नगर भित्रका २२ वटा विद्यालयबाट २८ जना सहभागी भएका थिए।उनीहरुलाई समिरा दाहालले प्रशिक्षण दिएका थिए।

     तालिमको मुख्य उदेश्य बाल विकास केन्द्रका सहजकर्ताहरुका लागि स्थानिय स्तरमा रहेका सामग्रीहरुको उपयोग गरी कक्षा कोठाका लागि आवश्यक शैक्षिक सामाग्री निर्माण, बाल विकास र बाल अधिकार,  बाल मनोविज्ञान, सहजकर्ताका काम, कर्तव्यका विषयमा केन्द्रित रहेको शिक्षा शाखा प्रमुख प्रमोद मण्डलले जानकारी दिए।

    तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई  प्रमाणपत्र प्रदान गर्दै नगरप्रमुख नागेन्द्र प्रसाद यादवले तालिमबाट सिकेका सीप तथा ज्ञानको प्रयोग गरेर आआफ्नो बालविकास केन्द्रलाई  एउटा नमुना केन्द्रको रुपमा स्थापित गर्न निर्देशन दिएका थिए।

   समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम ,पब्लिक माविका प्राधानाध्यापक सुवास कुमार यादव लगायतको उपस्थिति रहेको थियो।


 

No comments:

Post a Comment