Monday, July 24, 2023

स्थानीय तहका महिला जनप्रतिनिधिहरु भित्रको आत्मविश्वास र नेतृत्व सीपलाई अझ बढी निखार्न माण्डवीले सुरु गर्यो मध्यवर्ती प्रशिक्षण

 

स्थानीय तहका महिला जनप्रतिनिधिहरु भित्रको आत्मविश्वास र नेतृत्व सीपलाई अझ बढी निखार्न माण्डवीले सुरु गर्यो मध्यवर्ती प्रशिक्षण


मनोज यादव---

सर्लाही,साउन ८

    सर्लाहीको कबिलासी नगरपालिकाका महिला जनप्रतिनिधिहरुको लागि ३ दिने मध्यवर्ती प्रशिक्षण सदरमुकाम मलंगवामा सुरु भएको छ ।आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत माण्डवी सर्लाहीको आयोजनामा प्रशिक्षण सुरु भएको हो।

    यसअघि सम्पन्न भएको चौथो मोड्युलको कार्यक्रममा प्रशिक्षण  लिएका  स्थानीय महिला जनप्रतिनिधिहरुको नेतृत्व भुमिकालाई निरन्तरता दिंदै उनीहरू भित्रको आत्मविश्वास र नेतृत्व सीपलाई निखार्दै उनीहरूहरुको भूमिकालाई अझबढी प्रभावकारी ढंगबाट निर्वाह गर्नका लागि थप ज्ञान र सीपको विकास गर्न सहयोग पुर्याउने उदेश्यले कबिलासी न.पा का २२ जना महिला जनप्रतिनिधिहरुलाई मध्यवर्ती प्रशिक्षण दिन सुरु गरेको जिल्ला कार्यक्रम अधिकृत मनिल श्रेष्ठले जानकारी दिए।यसअघि  संस्थाले स्थानीय तहमा निर्वाचित भएर आइसकेपछि महिला सदस्यहरुलाई स्थानीय सरकारमा प्रभावकारी ढंगले भूमिका निर्वाह गर्नका लागि आवश्यक पर्ने सीप र ज्ञान प्रदान गर्ने राजनीतिक सम्बादमा सहभागी हुन आत्मविश्वास बढाउने,लैंगिक समानता प्रबर्द्धन गर्न तथा आफ्नो समुदायका अन्य महिला तथा किशोरीहरुको लागि प्रेरणाको श्रोतको रुपमा कार्य गर्न प्रोत्साहित गर्न,लैंगिक समानतालाई संरक्षण गर्नका लागि समुदायमा पुरुष सहयोगीहरुको निर्माण गर्न र एकआपसमा अनुभव आदानप्रदान र सहयोग गर्नका लागि  संजाल निर्माण गर्न लगायतका विषयमा प्रशिक्षण दिएर उनीहरूको क्षमता अभिबृद्धि गरिसकेको श्रेष्ठले बताए ।

    माण्डवी सर्लाहीका जिल्ला कार्यक्रम अधिकृत श्रेष्ठको अध्यक्षतामा संचालन भइरहेको तालिमको पहिलो दिन सहभागी महिला जनप्रतिनिधिहरुले चौथो मोड्युलको तालिमबाट प्राप्त गरेका सीप तथा ज्ञानलाई पुनर्ताजगी गर्दै सिकेका कुराहरु र अनुभवलाई एकआपसमा आदानप्रदान गरेका थिए।

   यस संस्थाले जिल्लाको कबिलासी नगरपालिकासहित बरहथवा,हरिवन,बागमती र हरिपुर्वा नगरपालिकामा गरि जम्मा १२७ जना महिला जनप्रतिनिधिहरुलाई विभिन्न चरणमा प्रशिक्षण दिंदै आइरहेको छ। 

  मलंगवा-९ स्थित नवरंग होटलमा गुन्जा साहले  संचालन गरिरहेको यस तालिममा सहभागीहरुलाई रमा पौडेल र प्रभु चौधरीले सहजीकरण गरिरहेका छन् ।

     साउन ८ गतेदेखि सुरु भएको तालिम साउन १० गते सम्पन्न हुने संस्थाले जनाएको छ।

No comments:

Post a Comment