Friday, July 21, 2023

अनुसंधानको लागि प्रहरी हिरासतमा राखिएकी महिलाले गरिन आत्महत्या,यस्तो घटना सम्भवतः सर्लाही जिल्लामै पहिलोपटक

  अनुसंधानको लागि प्रहरी हिरासतमा राखिएकी महिलाले गरिन आत्महत्या,यस्तो घटना सम्भवतः सर्लाही जिल्लामै पहिलोपटक 

मनोज यादव---

सर्लाही,साउन ५ 

     अनुसंधानको लागि  जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको एक एकल महिलाले आत्महत्याको प्रयास गरेकी छिन् । अनुसंधानको लागि भनि ल्याईएका महिलाले प्रहरीको हिरासतमा रहेको अवस्थामै आत्महत्या गर्ने प्रयास गरेकी हुन।

  जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी कैलाश राईका अनुसार गत साउन १ गते सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित नेपाल-भारत सिमा अन्तर्गत झिलमिलिया माईको मन्दिर नजिकबाट  सशस्त्र प्रहरीको टोलीले चक्रघट्टा गाउँपालिका वडा न-८ बस्ने ४० वर्षिया एकल महिला हजरत खतरा खातुन र सोही ठाउँका ३२ वर्षीय राम केवल रायलाई श्रोत नखुलेको नगद ५ लाख रुपैयाँ र ५ सय ७७ ग्राम चाँदीको गहनासहित पक्राउ गरेर आवश्यक कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाएका थिए।निज महिलाले धरौटी रकम तिर्न नसकेपछि भन्सारले साउन ४ गते बिहीबार साँझ जिल्ला प्रहरी  कार्यालयको जिम्मा लगाएको थियो। सोही राती १० बजेर ५ मिनेट जाँदा  हिरासतमा रहेको अवस्थामा निज महिलाले शौचालयको ढोकामा पासो लगाएर आत्महत्याको प्रयास गरेका थिए। ड्युटिमा रहेका प्रहरीले सो कुराको जानकारी पाएपछि निज महिलालाई तत्कालै उपचारका लागी प्रादेशिक अस्पताल मलंगवा पुर्याएपछि  चिकित्सकहरूले मृत घाेषणा गरेकाे डिएसपी राईले बताए। 

   अनुसंधानको लागि प्रहरी हिरासतमा राखिएको ब्यक्तिले आत्महत्या गरेको घटना सम्भवतः सर्लाही जिल्लामै पहिलोपटक भएको हो।

No comments:

Post a Comment