Saturday, July 8, 2023

मलंगवा नगरपालिकाले भानु जयन्तीको अवसरमा कविता प्रतियोगिता गर्दै


मलंगवा नगरपालिकाले भानु जयन्तीको अवसरमा असाढ २९ गते कविता प्रतियोगिता गर्दै


लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ २३

   सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा बहुभाषिक  कविता प्रतियोगिताको आयोजना गर्न लागेको छ । नेपाल मिथिला प्रज्ञाप्रतिष्ठानको संयोजकत्वमा असाढ २९ गते उक्त प्रतियोगिता हुन लागेको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिएका छन् ।

    गौतमका अनुसार १६ वर्ष भन्दा माथिका सबै नेपालीले भाग लिन सकिने उक्त प्रतियोगितामा सहभागी हुने श्रष्टाहरुले लेखेर पेश गरेको कविता स्वयं उपस्थित भई वाचन गर्नुपर्ने ,कविता शिष्ट,सिर्जनात्मक ,संदेशमुलक हुनुपर्ने ,भानुभक्त वा साहित्यसँग सम्बन्धित राष्ट्रिय प्रेम झल्किने खालको हुनुपर्ने छ।साथै कविता सामान्यतया ३  सय शब्द सम्मको हुनुपर्ने छ।पठाइएको कविता स्वीकृत गर्ने अधिकार नगरपालिकाको रहने उनले बताए ।

   प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुने प्रतियोगिहरुलाई प्रमाणपत्रसहित क्रमशः नगद रु १० हजार ,७ हजार र ५ हजार करकट्टा गरि प्रदान गरिने छ।

    कविता मिति २०८० असाढ २८  गते भित्र दिउँसो १ बजेसम्म पठाइसक्नुपर्नेछ ।कविता mandalpramod@gmail.com मा पठाउन सकिने शिक्षा शाखा प्रमुख प्रमोद मण्डलले जनाएको छ।


No comments:

Post a Comment