Sunday, July 9, 2023

युवा समाजसेवी एवं विद्यार्थी नेता सुजित यादव द्वारा सर्लाही क्रिकेट संघलाई सहयोग

 युवा समाजसेवी एवं विद्यार्थी नेता सुजित यादव द्वारा सर्लाही क्रिकेट संघलाई सहयोग 



लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ २४

    सर्लाहीका एक युवा समाजसेवीले सर्लाही प्रिमियर लिग क्रिकेट प्रतियोगितामा खेलाडीहरुलाई पुरस्कार  स्वरूप प्रदान गर्न कप प्रदान गरेको छ।

    सर्लाहीको सदरमुकाम  मलंगवा  नगरपालिका वडा न-७,मुसैली निवसी युवा समाजसेवी एवं सर्लाही क्याम्पस स्व.वि.यु.का अध्यक्ष प्रत्यासी सुजित यादवले सर्लाही प्रीमियर लीगको दुईवटा म्याचमा  Man Of The Match उपाधी विजेताहरुलाई प्रदान गर्न भनी सर्लाही क्रिकेट संघलाई आइतवार  कप हस्तान्तरण गरेको छ।

    खेलाडीहरुको मनोबल बढाउन साथै खेलकुदको विकास गर्ने उदेश्यले केही भएपनि संघलाई सहयोग गर्न पाउँदा आफुलाई गौरवान्वित ठानेको  यादवले बताएका छन्। 

No comments:

Post a Comment