Monday, July 17, 2023

मलंगवा नगरपालिकालाई पुर्ण साक्षर गर्नका लागि अभियान सुरु,वडा-वडामा निरक्षरको डाटा संकलन हुँदै

 

मलंगवा नगरपालिकालाई पुर्ण साक्षर गर्नका लागि अभियान सुरु,वडा-वडामा निरक्षरको डाटा संकलन हुँदै 

लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकालाई पुर्ण साक्षर नगर घोषण गर्नका लागि अभियान सुरु भएको छ । नागरिकहरुलाई लाई पुर्ण साक्षर गर्ने नगरपालिकाको योजना अनुसार यस नगरपालिकाको १२ वटै वडामा निरक्षरहरुको डाटा संकलन कार्य सुरु भएको छ।

     प्रत्येक वडाको घरघरमा गएर निरक्षरहरुको डाटा संकलन गर्ने कार्यमा माध्यमिक तहका विद्यार्थीहरुको प्रयोग गरिएको छ।उनीहरू साक्षरताका १२ वटा सुचकहरुको प्रयोग गरेर साक्षर  निरक्षर छुट्याउने काम गरिरहेका छन् ।

   उनीहरू राष्ट्रभाषा वा मातृभाषाका वर्ण ,अक्षरको पढाइ र लेखाइ,नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिलको पढाइ ,आफ्नो र परिवारको सदस्यको नाम,उमेर ,पढाइ र लेखाइ,मोबाइल र क्यालकुलेटरका अंक र अक्षरको चिनाइ र प्रयोग,० देखि ९ सम्मको अंक अक्षर लेखाइ,१ देखि १०० सम्मको गणना ,लेनदेनको हरहिसाब,चित्र पोस्टर,साइनबोर्ड र ट्राफिक संकेतको पढाइ र बुझाइ,सामुदायिक कार्यक्रममा आफ्नो विचार सहित सकृय सहभागीता देखाउन,घढी हेरेर समय बताउन तथा बैंक भौचर भर्न र चेक प्रयोग गर्न लगायतका सूचकहरुको प्रयोग गरि साक्षर र निरक्षर छुट्याउने काम गरिरहेका छन् ।


No comments:

Post a Comment